ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएन- महासचिव गुरुङ


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : ५८   बजे

काठमाडौं २६ माघ । नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताए ।
सकारात्मक पक्ष कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षलाई कसरी न्यूनीकरण गर्ने रु त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको गुरुङको भनाइ थियो । संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने उनको भनाइ थियो । सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक रहेको पनि उनले बताए ।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे गुरुङले सही ढंगले अगाडि बढाउनुपर्ने बताए । २०८० मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनको विषयमा सरकारले एउटा निर्देशिका जारी गरेको थियो । त्यो निर्देशिकाको आधारमा विधेयक बनाउने भन्ने प्रक्रिया पनि चलिरहेको थियो ।
नयाँ सरकार आइसकेपछि त्यो विधेयक अघि बढाएको छ, उनले भने, तर विधेयक हेर्दा संविधानले मौलिक हक र अधिकारको सन्दर्भमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, गोपनीयताको स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ । संविधानको भावनालाई नमारियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक छ । यसलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने र खासगरी स्वनियमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता हो । तर विधेयकमा स्वनियमनलाई प्राथमिकता दिएको देखिँदैन ।’
महासचिव गुरुङले बोलेका आधारमा जेल जानुपर्ने, ठूलो जरिवाना भोग्नुपर्ने जस्ता आपत्तिजनक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको भन्दै यिनमा संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu