ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथिभरा केबलकारले धार्मिक आस्था खल्बलाउने नभइ पहिचानको प्रवर्द्धन गर्छ- चन्द्र ढकाल


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ७ : १२   बजे

काठमाडौं २६ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।को तर्फबाट काठमाण्डौमा पत्रकार सम्मलेन गर्दै उहाँले यस अघि तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनुभयो ।

ताप्लेजुङभन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको विरोध गरिरहेका ढकालको भनाइ छ । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्वपूर्ण रहेको ढकालले बताउनुभयो ।

ताप्लेजुङवासीलाई रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि दाबी गर्नुभएको छ । सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्दै उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको बताउनुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको भन्दै उहाँले भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो ।

केबलकारले कुन पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनुभयो । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताउनुभयो । पाथीभरा केबलकारको लागत अनुमान झन्डै तीन अर्ब रुपैयाँको रहेको भन्दै उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनुभयो ।

पाथिभरामा केबलकार बनाउने कामको विरोध गर्दै स्थानीय लिम्बु समुदायले अबरोध गरेपछि पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।ले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu