ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान इन्फोटेकमा विभिन्न कम्पनीबाट विशेष छुट र अफर


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ११ : ०७   बजे

काठमाडौं २७ माघ । काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ मा नयाँ–नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् ।

एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ । यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ ।

मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ । गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालिले चार्ज सकिँदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ । यसअन्तर्गत ग्राहकले काठमाण्डौ शहरभित्र एक हजार किलोमिटर निःशुल्क यात्रा गर्न सक्नेछन् भने निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर दिइएको छ ।

वल्र्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ । त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुट प्रदान गरेको छ । एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका उत्पादनमा क्यान इन्फोटेक अवधिभर अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ ।

त्यस्तै विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन् ।

प्रदर्शनीमा चर्चित ब्राण्डहरूका एआईमा आधारित डिभाइसमा युवा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । कम्पनीहरूले यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् । क्यान इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायकहरूले हरेक आईटी कोर्समा छुट अफर ल्याएका छन् । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् ।
नेपालमै निर्मित मुनाल स्याटलाइटमा पनि अवलोकनकर्ताको चासो देखिएको छ । एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् ।

क्यान इन्फोटेकमा नेपालको नवीनतम सोच ९इनोभेसन० र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव चन्द्र विलास भुर्तेलले बताउनुभयो । भोलिसम्म सञ्चालन हुने क्यान इन्फोटेकमा एक सय ५५ ओटा स्टल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group