ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको क्षेत्राधिकार बढाइयो, नियम र कार्यविधि बनाउने अधिकार


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ११ : १९   बजे

काठमाडौं २७ माघ । नेपाल सरकारको कार्यसम्पादन नियमावली संशोधन गरेर मन्त्रीहरूको क्षेत्राधिकार बढाइएको छ । मन्त्रिपरिषद्बाट हुँदै आएका नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माण एवं नियुक्तिसम्बन्धी निर्णय विभागीय मन्त्रीहरूबाटै हुने गरी नियमावली संशोधन गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले सोमबार गरेको कार्यसम्पादन नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । संशोधित नियमावलीमा मन्त्रालयबाट हुने कामको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रीमा रहने भनिएको छ । मन्त्री र मन्त्रालयबाट गरिने काम पनि निर्णयका लागि मन्त्रिपरिषद् लैजाने तथा ढिलाइको दोष मन्त्रिपरिषद्लाई देखाउने अभ्यास रोक्न भन्दै नियमावली संशोधन गरिएको हो ।

नियमावलीको नियम ४ लाई संशोधन गरेर मन्त्रीबाट फर्छ्योट हुने कामलाई ७ वटा बुँदामा उल्लेख गरिएको छ । त्यसअनुसार नियम, विनियम, आदेश, निर्देशिका, कार्यविधि, मापदण्ड सम्बन्धमा निर्णय लिने अधिकार मन्त्रीको भएको हो । सरकारी स्वामित्वको कुनै संस्थाको कार्यकारी प्रमुखबाहेकका पदको नियुक्तिको अधिकार पनि मन्त्रीलाई दिइएको छ ।

यसअघि आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण सम्झिएका विषयमा निर्णय गर्नु वा आदेश दिनुअगावै प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्ने भनिएको थियो । अब भने मन्त्रालयले राष्ट्रिय नीतिको तर्जुमा, हेरफेर वा संशोधन, राष्ट्रिय सुरक्षासम्बन्धी तथा प्रादेशिक समन्वयसम्बन्धी विषयमा मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग परामर्श लिनुपर्नेछ ।

सरकारका मुख्यसचिव एकनारायण अर्यालले कुनै पनि कामको परिणाम छिटो आओस् भनेर सम्बन्धित मन्त्री र मन्त्रालयलाई जिम्मेवार बनाउन नियमावलीमा संशोधन गरिएको बताए । सरकारले गत महिना सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो । त्यसमा कुनै पनि कार्यको सम्पादन ७ कार्यदिनभित्र गरिसक्नुपर्ने उल्लेख छ ।

यसअघि प्रकृति हेरी सम्बन्धित अधिकारीले उपयुक्त ठहर्‍याएको समयावधिभित्र निर्णय दिन सक्ने प्रावधान थियो । त्यस्तै, आफूले निर्णय गर्नुपर्ने विषय पन्छाउने अधिकारीलाई माथिल्लो तहबाट चेतावनी दिने तथा स्पष्टीकरण लिनेलगायतका व्यवस्था पनि अध्यादेशमार्फत गरिएको छ ।

मुख्यसचिव अर्यालले ऐनमा गरिएका व्यवस्थालाई कार्यान्वयनमा ल्याउन नियमावली संशोधनमार्फत मन्त्रिपरिषद्को अधिकारसमेत मन्त्रीलाई प्रत्यायोजन गरिएको बताए । ‘मन्त्रिपरिषद्मै लैजाने र त्यसको निर्णयलाई कुर्ने कारणले कतिपय काममा ढिलाइ हुने भयो । त्यही भएर सबै कुरालाई मन्त्रिपरिषद्मा ल्याइरहनु नपर्ने संशोधित नियमावलीले स्पष्ट पारेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले मन्त्रीलाई र मन्त्रीले सचिवलाई र सचिवले तलसम्म अधिकार प्रत्यायोजन गर्न सक्नेबारे पनि नियमावलीले पहिलेभन्दा प्रस्टसँग बोलेको छ ।’
अब मन्त्रिपरिषद्मा आवश्यक नीतिगत कुरा मात्रै हुने र त्यसको नियमित अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिने मुख्यसचिव अर्यालले बताए । उनका अनुसार यसले कामलाई छिटोछरितो बनाउने तथा काम गर्ने अख्तियारप्राप्त व्यक्तिलाई पनि सहजता प्रदान गर्ने विश्वास सरकारले लिएको छ । राजपत्रांकित प्रथम श्रेणी वा सोसरहको अधिकृतको सरुवा गर्ने मन्त्रिपरिषद्को अधिकार पनि मुख्यसचिवलाई प्रत्यायोजन गर्न सकिने प्रावधान नियमावलीमा राखिएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेर उक्त अख्तियार दिएपछि सहसचिव तहका सबै सरुवा मुख्यसचिवबाटै हुनेछ ।

अध्यादेशबाट सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन संशोधन गरेर मन्त्रिपरिषद्बाटै निर्णय हुँदै आएका धेरैजसो विषयमा मन्त्रीलाई अधिकार प्रत्यायोजन गर्ने व्यवस्था गरिसकिएको छ । मन्त्रिपरिषद्बाट अधिकार प्रत्यायोजन भएअनुसार मन्त्री वा मन्त्रीबाट अधिकार प्रत्यायोजन गरेबमोजिम राजपत्रांकित विशिष्ट श्रेणी ९सचिव वा सोसरह० बाट सम्पादन भएको कार्यलाई नेपाल सरकारबाट गरिएको मानिने कानुनी व्यवस्था गरिएको छ ।

यसअघि मन्त्रिपरिषद्बाट हुँदै आएको निर्णयलाई मात्रै नेपाल सरकारबाट गरिएको निर्णय मानिँदै आएको थियो । कानुनमा भएको त्यही संशोधन अनुसार कार्यसम्पादन नियमावलीमा व्यवस्था मिलाइएको हो । मन्त्रिपरिषद्मा लैजाने विषय सम्बन्धित मन्त्रीबाट स्वीकृत भएको ‘दुई कार्यदिनभित्र’ मन्त्रालयका सचिवले ‘क्याबिनेट’ को स्वचालित प्रणालीमा प्रविष्ट गराउनुपर्ने समयसीमा निर्धारण गरिएको छ । यसअघि त्यस्तो कुनै समयसीमा थिएन ।

हरेक विषय मन्त्रिपरिषद्मा लैजाने हालको व्यवस्थाको सट्टा अधिकार प्रत्यायोजन गरी नेपाल सरकारको परिभाषा फेरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाहलाई छिटोछरितो गर्न, प्रभावकारी र सहज बनाउन अध्यादेशमार्फत कानुनमा सुधार गरिएको बताएका थिए ।

यसअघि विभाग तहका प्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार विभाग वा सोसरहका कार्यालयभित्र रहेका अधिकृत वा सोसरहका कर्मचारीसम्मलाई प्रत्यायोज गर्न सक्ने प्रावधान थियो । अब कुनै पनि कार्यालय प्रमुखले आफूले पाएको अधिकारलाई अधिकृत तहसम्मलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था थपिएको छ ।

सरकारले सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावलीमा पनि तेस्रो संशोधन गरेको छ । त्यसमा नागरिक एप प्रयोग गरी सेवा लिन सकिने व्यवस्था थपिएको छ । नीति तथा योजनासम्बन्धी निर्णय लिन दिइएको बढीमा ३० दिनको समयसीमालाई संशोधन गरेर ७ दिनमा झारिएको छ । कुनै कार्यालयले कुनै विषयमा रायपरामर्श सोधेर पठाएकामा सम्बन्धित कार्यालयले ७ दिनभित्र रायपरामर्श दिनुपर्ने भनिएको छ ।

नियमावलीमा कार्यसम्पादनका लागि तोकिएका लामो अवधि सबैलाई घटाएर ७ दिनमा झारिएको छ । सरकारले गत पुस २६ मा अध्यादेश ल्याएर सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासहित २७ वटा ऐन संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group