ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बस दुर्घटना: घाइते सबैको पहिचान खुल्यो (नामावली)


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ११ : २७   बजे

काठमाडौं २७ माघ । आज बिहान चितवनमा बस दुर्घटना हुँदा घाइते हुने सबैको पहिचान खुलेको छ। नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका (२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३(००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ। सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारको लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ। बसमा २९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।

घाइते हुनेहरुमा दैलखकी ३० वर्षीया निशा शाही ९अनुहारमा चोट, अवस्था मध्यम०, बर्दिया मधुवनका ४१ वर्षका सेतु बहादुर घर्ती मगर ९अनुहारमा चोट, अवस्था मध्यम०, बर्दिया बाँसगढीकी ३० वर्षकी गिता राउत ओली ९बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम०, राप्ती सुनारीकी ३८ वर्षीया पार्वती राजकोटी ९अनुहारमा चोट, अवस्था मध्यम० र बर्दिया बाँसगढीका ३९ वर्षका दिनेश बहादुर रिजाल ९अनुहारमा चोट, अवस्था मध्यम० रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए।

यस्तै, नुवाकोटकी २३ वर्षीया रञ्जना महत्तो ९सामान्य अवस्था०,बाँकेका ३१ वर्षका राम लखन चौधरी ९टाउकोमा बाहिरी चोट, अवस्था मध्यम०, नुवाकोट बिदुरकी २८ वर्षकी प्रियना तामाङ ९टाउकोमा बाहिरी चोट, अवस्था मध्यम०, बाँके कोहलपुरका ३८ वर्षका पूर्णबहादुर मल्ल ९अनुहारमा चोट, अवस्था मध्यम, बोल्न सक्ने०, बाँकेकी २५ वर्षकी पूजा कठायत ९अनुहार र टाउकोमा चोट, बोल्न सक्ने० र सोही स्थानकी ३४ बर्षकी राधा शाही ९बाहिरी चोट देखिएको छैन, अवस्था मध्यम० रहेको प्रहरीले जनाएको छ।

यस्तै, बर्दियाका ३१ वर्षका एमन राना ९घुँडामा चोट, अवस्था सामान्य०, बाँकेका ३५ वर्षका दिल कुमारी मगर ९निधारमा चोट, बोल्न सक्ने, अवस्था सामान्य०, सोही स्थानका १४ वर्षका अभिषेक मगर अनुहारमा चोट, अवस्था सामान्य, बोल्न सक्ने०, १२ वर्षकी अस्मी मगर ९बायाँ हातमा चोट, अवस्था सामान्य०, बाँके कोलपुरका १७ वर्षका मनन बुढा क्षेत्री अनुहारमा चोट, अवस्था मध्यम०, कैलाली लम्कीचुवाका १८ वर्षका महेश कठायत ९अनुहारमा चोट, अवस्था मध्यम०, सोही स्थानका ६९ वर्षका नक्खी बुढा मगर गालामा चोट, अवस्था सामान्य० र सुर्खेत वीरेन्द्रनगरका ३७ वर्षका रमेश चौधरी ९ अवस्था सामान्य० रहेको प्रहरीले जनाएको छ।

यस्तै, बर्दियाका नेपालगञ्जकी ३९ वर्षीया रिता घर्ती, काठमाडौँ चन्द्रागिरीका ५० वर्षका पारस पाण्डे, सुर्खेत चिनगाडका २४ वर्षका दुर्गा बहादुर साउद रहेका छन्। यस्तै बस चालक बाँके कोहलपुरका २७ वर्षका राजन गिरी, बस स्टाफ ५१ वर्षका इन्द्रबहादुर थापा मगर, बस स्टाफ सल्यानका २५ वर्षका सुजन खत्री रहेको चितवन प्रहरीले जनाएको छ।

सबै घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन्। अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ। घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, बसको चालकतर्फको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group