ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   १० : ५५   बजे

काठमाडौं २८ माघ । सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९एनजीओ–आईएनजीओ० मार्फत सञ्चालित सबै परियोजनाको लगानी, खर्च र त्यसको प्रतिफल अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

गृह मन्त्रालयले एनजीओ र आईएनजीओमार्फत सञ्चालित सबै परियोजनाको लेखाजोखा गरी प्रतिवेदन पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आइतबार निर्देशन दिएको हो ।

गृहले जिल्ला प्रशासन कार्यालयलाई जिल्लामा सञ्चालित गैरसरकारी संस्थाले कुन–कुन विकास साझेदारबाट के–कस्तो क्षेत्रमा कति सहायता रकम उपयोग गरिरहेका छन्, सहायता परिचालनको मोडालिटी कस्तो छ, कार्यक्रमरपरियोजना कुन–कुन अवस्थामा छन् भन्नेबारे अध्ययन गर्न निर्देशन दिएको छ ।

सहायता परिचालनको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा परेको असर पनि प्रतिवेदनमा समेट्न भनिएको छ । ‘यूएसएआईडीबाट सञ्चालित कार्यक्रमरपरियोजना सञ्चालन र समुदायमा पर्ने प्रभावसमेतको अन्य विषयगत निकायसँग समन्वय गरी अध्ययन तथा विश्लेषण गर्ने र सोको प्रतिवेदनसमेत पठाउन हुन निर्णयअनुसार अनुरोध छ,’ गृहले लेखेको पत्रमा उल्लेख छ ।

दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै ‘कार्यकारी आदेश’ मार्फत अमेरिकाले विभिन्न मुलुकलाई अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९यूएसएआईडी० मार्फत दिँदै आएको अनुदान रोक्का गरिसकेको छ ।

गृहले यूएसएआईडीसहित विभिन्न एनजीओ–आईएनजीओको खर्च पारदर्शिता र परियोजनाको औचित्यमाथि अध्ययन गर्न लागेको हो । अमेरिका, बेलायत, जर्मन, फिनल्यान्डलगायत विभिन्न देशसँग आबद्ध आईएनजीओले अर्थ मन्त्रालय र समाज कल्याण परिषद्बाट स्वीकृति लिएर बर्सेनि अर्बौं रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu