ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमफेदीमा ग्यास बुलेट पल्टियो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   १२ : २५   बजे

काठमाडौं २८ माघ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका(१ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ। हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो।

दुर्घटनाका कारण उक्त सडकमा एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनले बताए। मकवानपुर प्रहरी प्रवक्ता अर्यालका अनुसार ग्यास बुलेट दुर्घटना भए पनि यसका चालक र सहचालक दुवै सकुशल छन्।

डीएसपी अर्यालले चालकले बाटो बिराउँदा र सडक साँघुरो र अप्ठ्यारो भएका कारण बुलेट दुर्घटना भएको हुन सक्ने अनुमान गरे।

उनले पल्टिएको ग्यास बुलेट उठाउन अझै केही समय लाग्ने बताए।

उक्त अवधिमा हेटौँडाबाट उक्त सडक हुँदै काठमाडौँ आउजाउ गर्ने सवारीसाधनलाई कान्ति लोकपथ वा चितवतनतर्फको बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group