ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो- सोबिता गौतम


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ३ : १६   बजे

काठमाडौं २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी छिन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा समय लिएर बोल्दै सांसद गौतमले कानुन समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव हालेर जनताको आँखामा छारो हाल्ने काम भएको जिकिर गरिन् ।

‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सत्तापक्षकै सांसदले राखेको संशोधनप्रति उनले आपत्ति जनाएकी हुन् ।

कानुनमन्त्री अजयकुमार चौरसियाले आइतबार उक्त विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । प्रतिवेदन कानुन, न्याय तथा संसदीय समितिबाट पारित भइसकेको छ । प्रतिवेदन पारित भएपछि उक्त विधेयकमा कानुन समिति सदस्य समेत रहेकी कांग्रेस सांसद सुशिला थिङले संशोधन प्रस्ताव राखेकी थिइन् ।

उक्त प्रस्तावमा जवाफ दिँदै कानुनमन्त्री चौरसियाले संशोधन प्रस्ताव स्वीकार गर्ने जवाफ पदिएका थिए ।

‘हिजो विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानुन समितिले विस्तृत रूपमा छलफल गरी कानुनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव गर्‍यो,’ सांसद गौतमले भनिन्, ‘तर, सत्तापक्षका एक सांसदले प्रस्ताव गरेको संशोधन स्वीकृत गरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरियो ।’

यो घटनाले संसदीय इतिहासमा एउटा गलत नजिर स्थापित भएको उनले बताइन् । ‘यो संसदीय इतिहासमा एउटा अत्यन्त गलत नजिर स्थापित भएको छ । अब समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएको छ,’ गौतमले भनिन् ।
संसदीय अभ्यासमा नै हस्तक्षेप भएको भन्दै उनले हिजोको दिनलाई ‘कालो दिन’को रुपमा दर्ज भएको बताइन् ।

‘यो गलत नजिर स्थापनाका कारण संसदीय अभ्यासमा हस्तक्षेप भएको छ, जसले संसदीय इतिहासमा यो दिनलाई कालो दिनका रूपमा दर्ज गराएको छ,’ गौतमले भनिन्, ‘आम जनता यसलाई हेरिराखेका छन्, किनकि हाम्रा सबै कामहरू सार्वजनिक परीक्षण ९पब्लिक अडिट० मा पर्छन् । विधिविपरीत कुनै काम नहोस्, र गलत नजिर स्थापना गर्ने कार्य यो सदनबाट नगरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group