ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधिले सबैको हुँ भन्ने ठानेर काम गर्नुपर्छ- प्रकाशमान


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ३ : २५   बजे

काठमाडौं २८ माघ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् ।

निर्वाचनका बेला आ–आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ सबैको जनप्रतिनिधि हुने बताउँदै उनले विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्ने उनको भनाइ छ ।

‘विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्छ । के कांग्रेस, के एमाले, सबै समुदाय मिलेर जनताका समस्या समाधानमा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्छ,’ उनले भने । अहिले त्यही राजनीतिक संस्कार विकास गर्ने प्रयास गरिरहेको उनले बताए ।

अहिलेको सरकार जनताको विकासको आकांक्षा सम्बोधन गर्न र राजनीतिक स्थायित्व प्रदान गर्न बनेको जिकिर गर्दै उनले हरेक नेपालीका समस्या समाधान गर्न प्रयत्नशील रहेको बताए । ‘राजनीतिक स्थायित्व दिन यो सरकार बनेको हो । राजनीतिक स्थीरता विना विकास सम्भव नहुने हाम्रो अनुभवले बताइसकेकाले हरेक नेपालीकाको जीवन र जिविकाका सवाल सम्बोधन गर्न सरकारले काम गरिरहेको छ,’ उनले भने ।

अधिकारका कुरा गर्नेहरुलाई त्यससँगै आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई नभुल्न उनले आह्वान गरे । ‘अधिकारका कुरा त हामी गर्छौं, सँगसँगै निर्वाह गर्नुपर्ने दायित्व पनि त हामीले बिर्सनु भएन,’ उनले भने, ‘हामीले धेरै लामो संघर्ष गरेर संघीय गणतन्त्रात्मक संविधान पाएका छौं । त्यसैलाई संरक्षण र कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group