ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ४ : २१   बजे

काठमाडौं २८ माघ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।

आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा २३ जना छन् । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गरेको भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलबाट ८१ हजार नगद बरामद गरिएको छ । पक्राउ परेकाहरू विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले जानकारी दिए । उनले भने, ‘बरामद गरिएका मोबाइलमा फेला परेका तथ्याङ्क एनालाइसिस गर्दैछौं ।’
आरोपीहरू लोटस एप प्रयोग गरेर अनलाइन जुवा सञ्चालन गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

सम्बन्धित

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu