ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वउपराष्ट्रपति पुन माओवादीका इन्चार्ज


एबीसी न्यूज
२८ माघ २०८१, सोमबार   ५ : ४६   बजे

काठमाडौं २८ माघ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ । पुनलाई पार्टीको पदाधिकारी बनाउने तयारी गरिए पनि विवाद भएपछि आर्थिक उत्पादनको संयन्त्र बनाएर इन्चार्जको जिम्मेवारी दिँदै पार्टीमा फर्काएको हो ।

माओवादीले हालै सम्पन्न आफूनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका नेतालाई पार्टीको ‘केन्द्रीय प्रतिनिधि’ बनाएर कार्यक्षेत्रमा खटाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा आइतबार हस्ताक्षरित सर्कुलरमा यस्तो उल्लेख गरिएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको महासचिवभन्दा माथिका सबैलाई केन्द्रीय प्रतिनिधिका रूपमा मनोनयन गरेको जानकारी दिनुभयो । महासचिवभन्दा तलबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेतालाई प्रदेश र जिल्ला तहमा खटाउने निर्णय भएको सर्कुलरमा उल्लेख छ । प्रवक्ता सापकोटाले भन्नुभयो, “विद्यार्थीको महासचिवभन्दा माथिल्लो पदमा पुगेकालाई केन्द्रीय प्रतिनिधि भनिएको छ । पार्टीले अर्को व्यवस्था नगर्दासम्म केन्द्रीय प्रतिनिधिका रूपमा

राखेको छ ।” विद्यार्थीबाट बिदा भएका केन्द्रीय प्रतिनिधि भएका पवन कार्कीले विधानबमोजिम केन्द्रीय सदस्य भन्न नमिल्ने भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा राखेको बताउनुभयो । केन्द्रीय प्रतिनिधि भनिए पनि केन्द्रीय सदस्य सरह नै बैठकमा जाने र अरू जिम्मेवारी हुने पार्टीसँग समझदारी भएको उहाँले बताउनुभयो ।

अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका उपाध्यक्ष जिपी मैनाली, क्षितिज सापकोटा र पवन कार्कीलाई केन्द्रीय प्रतिनिधि बनाएर बागमती प्रदेशमा खटाइएको छ । यस्तै तुकमान महरा, मिलन एमसी, केशव रावल र दिपेश पुनमगरलाई लुम्बिनी प्रदेशमा खटाइएको छ । मदन भट्टराई कोशी प्रदेश, गजेन्द्रनारायण देव मधेश प्रदेश, नरेश रेग्मी र नारायण खनाललाई विभाग ९नीति० खटाइएको छ । यस्तै प्रवीणा अधिकारी गण्डकी, अमरराज शाहीलाई कर्णाली प्रदेशमा खटाइएको छ । लक्ष्मीप्रसाद जोशी, मदन भुल, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेशमा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu