ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन ठगीबाट जोगाउने उद्देश्यका साथ सुरक्षित इन्टरनेट दिवस मनाइँदै


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ११ : २३   बजे

काठमाडौं २९ माघ । आज सुरक्षित इन्टरनेट दिवस । बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवस एक सय ७० भन्दा धेरै देशहरूमा हरेक वर्ष फेब्रुअरी दोस्रो हप्ताको मङ्गलवार मनाइन्छ ।

बालबालिकाको इन्टरनेट सुरक्षाका लागि काम गर्ने संस्था चाइल्ड सेफनेटले सन् २०१९ देखि नेपालमा राष्ट्रिय सचिवालयको रूपमा सुरक्षित इन्टरनेट दिवस अन्तर्गतका कार्यक्रमहरूको समन्वय गर्दै आएको छ ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्को अग्रसरतामा आज राष्ट्रिय स्तरको वेबिनार कार्यक्रम हुँदैछ । ‘सुरक्षित इन्टरनेटः सबैका लागि, सधैँका लागि’ भन्ने नाराका साथ आयोजना हुने वेबिनार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ ।

यो भर्चुअल छलफलमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणसमेतको आयोजकको रूपमा र विकास साझेदार तथा नागरिक सङ्घ–संस्था सञ्जालको समन्वय र सहयोग रहेको छ ।

कार्यक्रममा बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवासम्बन्धी जानकारी लिन सकिनेछ । हरेक वर्ष सुरक्षित इन्टरनेट दिवसले डिजिटल दुनियाँमा युवाहरूले भोग्ने प्रमुख चुनौतीहरूलाई उजागर गर्दै आएको छ । यस वर्षको अभियान विशेष गरी अनलाइन ठगीमा केन्द्रित छ ।

यसको उद्देश्य युवाहरूलाई अनलाइन ठगीबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने जानकारी दिने र यस सम्बन्धमा उपलब्ध सहयोगका स्रोतहरूबारे सचेत गराउनु हो ।

दिवसका अवसरमा अनलाइन ठगीको वास्तविक प्रभावबारे अध्ययन गरिनुका साथै युवाहरूलाई आफ्ना अनुभव तथा समाधान साझा गर्न प्लेटफर्म प्रदान गरिनेछ ।

यस वर्षको अभियानले अनलाइन वित्तीय सेक्सटोर्सन जस्ता जोखिमबारे जनचेतना अभिवृद्धि गर्नेछ । साथै, नयाँ प्रविधि – जस्तै जेनेरेटिभ एआईले ठगीका तरिकामा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा अनुसन्धान गरिनेछ ।

यस अभियानले सरकार, नीति निर्माताहरू, कानूनी निकाय, दूरसञ्चार नियामकहरू, प्रविधि कम्पनीहरू, इन्टरनेट सेवा प्रदायकहरू, सञ्चारमाध्यम तथा अन्य सम्बद्ध पक्षहरूलाई सुरक्षित इन्टरनेट सुनिश्चित गर्न आह्वान गरेको छ ।

साथै, युवाहरू, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, निजी क्षेत्र, विद्यालय तथा समुदायलाई डिजिटल वातावरणलाई सुरक्षित बनाउन प्रेरित गर्ने लक्ष्य राखिएको चाइल्ड सेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले बताउनुभयो ।

उहाँका अनुसार, डिजिटल दुनियाँमा बालबालिका तथा युवाहरू अनलाइन ठगी, सेक्सटोर्सन, अनलाइन अन्तरङ्ग सम्बन्धजन्य हिंसा तथा डीपफेक यौन दुरुपयोग जस्ता नयाँ खतराको चपेटामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu