ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक खरिदको निर्देशनपछि राहदानी विभागले थप्यो पासपोर्ट छाप्न आवेदन दिने समय


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   १ : ४१   बजे

काठमाडौं २९ माघ । राहदानी विभागले पासपोर्ट छपाइको आवेदन दिने समय १० दिन थप गरेको छ। एक सार्वजनिक सूचना निकाल्दै मंगलबार सकिने म्याद आगामी फागुन ९ सम्म लम्ब्याएको हो।

पछिल्लो सूचनाअनुसार ९ गते दिउँसो १ बजेसम्म आवेदन दिन सकिनेछ भने सोही दिन २ बजे प्रस्ताव खोलिनेछ। राहदानी छपाइको ठेक्का आह्वान पटक पटक विवादित बन्दै आएको छ। यसविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत धेरै उजुरी परेका थिए।

कार्यालयले उजुरी सुनुवाइ गर्दै पछिल्लोपटक माघ २० गते गुनासो सम्बोधन गर्न विभागलाई पत्र पठाएको थियो। त्यसअघि पनि कार्यालयकै निर्देशनपछि विभागले टेन्डर डकुमेन्ट संशोधन गरेको थियो। डकुमेन्ट संशोधन गरे पनि म्याद नथपिएपछि कार्यालयमा उजुरी परेको थियो।

म्याद थप गर्दा प्रतिस्पर्धी धेरै सहभागी हुनसक्ने आकलन गरिएको छ। गत मंसिर १३ मा विभागले पहिलोपटक पासपोर्ट छपाइको टेन्डर आह्वान गरेको थियो। तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएपछि विवादमा प¥यो।

फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो।

अहिले त्यसलाई पनि संशोधन गरी फेब्रुअरी २१ सम्म विस्तार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu