ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउन तीन नेताको सहमति चाहिन्छ’


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   १ : ४३   बजे

काठमाडौं २९ माघ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले संविधान निर्माणको लामो समयसम्म पनि द्वन्द्वपीडितले सामाजिक र आर्थिक न्याय पाउन नसकेको बताएका छन्। ललितपुरमा आयोजित ‘संक्रमणकालीन न्याय र पीडितको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले द्वन्द्वपीडितको अधिकारका लागि संविधानमा उल्लेख गरिएको कुराहरु कार्यान्वयनमा आउन नसकेको टिप्पणी गरे।

उनले राजनीतिक दलहरूले संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन नसकेको बताए।

कानुन निर्माण र कार्यान्वयनमा राजनीतिक दल चुक्दा दलित समुदायले जग्गा पाउन नसकेको उनको भनाइ छ। संक्रमणकालीन न्याय निरुपणका बाँकी कामहरू शीर्ष तीन नेताको सहमतिबिना अगाडि बढ्न नसक्ने उनले बताए।

‘नेपालको द्वन्द्वपीडितको व्यवस्थापन गर्छौँ भनेर दुवै पक्षले कमिटमेन्ट गर्‍यो। मानव अधिकार आयोगले पनि कमिटमेन्ट गर्‍यो। त्यसपछि शक्ति निरुपण गर्नको लागि आयोग गठन गर्नुपर्छ भनियो,ु उनले भने, ुत्यसमा दुईवटा आयोगको परिकल्पना गरिएको छ। एउटा शान्ति पुनःस्थापना गर्ने आयोग र अर्को सत्य निरुपणसम्बन्धी आयोग। शान्ति पुनःस्थापना आयोगपछि मन्त्रालयको रुपमा विकसित भयो। त्यसपछि गएर २०७२ सालको संविधान आयो। त्यसमा हामीले सामाजिक न्यायका यति धेरै कुराहरू लेख्यौं कि अहिलेसम्म पनि त्यो पूरा भएको छैन।

संविधान निर्माण गर्दा भनिएका आर्थिक तथा सामाजिक अधिकार अहिलेसम्म पनि प्राप्त हुन नसक्दा त्यस्ता समुदायका मान्छेहरू पछाडि परिरहेको उनको भनाइ छ।

ुसंविधानमा जमिन नभएका दलितहरूलाई जमिन दिने भनेर लेखिए पनि त्योसम्बन्धी कानुन अहिलेसम्म पनि बनेको छैन, उनले भने, छुवाछुतको समस्याको बारेमा ठूलो इस्युहरू अहिले पनि मिडियामा आइरेको छ। यसमा पनि हामीले केही गर्न सकेका छैनौं। हाम्रा सामाजिक अधिकारहरु दिने भनेको पनि जहाँको त्यहीँ छ।ु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu