ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी नेतामाथि सम्पत्ति शुद्धीकरणको छानबिन कहिल्यै हुँदैन भनेर अध्यादेश ल्याऊँ-सांसद मनिष झा


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ५ : १९   बजे

काठमाडौं २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसद्‌को गरिमा राख्ने विषयमा सत्तापक्षले अराजकता प्रस्तुत गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा झाले संख्या देखाएर तर्साउन नखोज्न चेतावनी दिएका हुन्।
संसद्को गरिमा संख्याले हुँदैन सिद्धान्तले हुन्छ। सम्झाउन चाहन्छु। संख्याले तर्साउन नखोजे हुन्छ, उनले भने।
भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेलाई सम्झाउन चाहन्छु भन्दै उनले थपे( आजै आएको ट्रान्सपरेन्सीको रिपोर्टमा अझै खस्किएका छौँ त्यो पनि सम्झाउन चाहन्छु।

उनले अहिलेका गृहमन्त्रीले गरेको ज्याजतिको प्रमाण आफूसँग भएको भन्दै उनले सभामुखलाई कहाँ बुझाउँ भन्दै प्रश्न गरे। झाले कांग्रेस सांसद गगन थापाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रमाण रहेको बताएकोमा व्यंग्य गर्दै आफू भने चटक नभई प्रमाणको ठेली बोकेर आएको बताए।

देखाइदिउँ देखाइदिउँ भनेर चटक गर्न आएको होइन। सभामुखज्यु प्रमाण एक ठेली तपाईंका लागि ल्याइदिएको छु। मलाई आदेश दिनु मैले कहाँ बुझाउँ रु म आज नै बुझाउन चाहन्छुु उनले भने।

उनले सम्पत्ती शुद्धीकरणको विषयमा क(कसको छानबिन गर्न टुंग्याउन व्यंग्य गर्दै आग्रह गरे।

वर्षौँदेखि जेल बसेर आउँदा दरबार बनेको छ। कसरी के व्यापार थियो। जेल बसेर बाहिर आउँदा सबै नेताको दरबार बन्न थाल्यो त्यो छानबिन गरौँ, उनले भने, हाम्रो नगरौँ भनेकै होइन। हाम्रो पनि गरौँ। नगर्ने भए संसद् बन्द गरेर अध्यादेश ल्याउँ। अध्यादेशमा अमुक अमुक पार्टीको तत्‌तत् नेताको सम्पत्ती शुद्धीकरण छानबिन कहिल्यै पनि हुँदैन। किन कि उहाँहरू जेल बस्नु भएको छ। उहाँहरूले जेल बसेबापत यति यति अर्ब भ्रष्टाचार गर्न पाउनुहुनेछ भनौँ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाको थबाङमा पहिरो : १० जना बेपत्ता, खोजी कार्य जारी

२० लाखभन्दा बढी सवारीसाधन, ट्राफिक व्यवस्थापन अझै हात र सिट्ठीको भरमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu