ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट एकताको प्रयास जारी छ- प्रचण्ड


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   ८ : २१   बजे

काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूसँग एकताको छलफल प्रयास जारी रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादी र नेकपासँग त्यस्तो छलफल चलिरहेको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशले सोमबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रयासमा आफू प्रयत्नशील रहेको बताएका हुन् ।
‘विचार मिल्नेहरूसँग एकताको लागि हामीले सधैं प्रयास गरिरहेका छौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताका कुरा भइरहेका छन्,’ प्रचण्डले भने, ‘हामी सबैले पार्टी एकताकै लागि आधार बनोस् भनेर समाजवादी मोर्चा बनाएका हौं ।’

उनले पछिल्लो केन्द्रीय समितिको विस्तारिक बैठकपछि समुदायमा आधारित समाजवादलाई अहिलेको मुख्य कार्यदिशा बनाएको पनि बताए । पार्टीले जितेका स्थानीय तहमा त्यही कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न उनले निर्देशन दिए ।

‘स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौं । समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौं,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।

उनले पार्टीको जीवनमा जनयुद्धकालदेखि नै अन्तरसंघर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरूरी रहेको बताए । उनले नेतृत्व रातारात बन्ने विषय नभएको पनि जिकिर गरे ।

फरक प्रसंगमा उनले सदनलाई अवमूल्यन गरेर सरकारले अध्यादेश ल्याएकाले पारित हुने स्थिति नरहेको बताए । ‘सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौं । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group