ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत


एबीसी न्यूज
२९ माघ २०८१, मंगलबार   १० : २६   बजे

काठमाडौं २९ माघ । नेपाल पिछडावर्ग ओबीसी महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन् ।
महाधिवेशनका प्रमुख अतिथि पूर्वमन्त्री डा।केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’
पूर्वमन्त्री डा।शाक्यले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए । उनले मधेशी आयोगभन्दा पनि पिछडावर्ग आयोग गठन हुनुपर्नेमा जोड दिएका हुन् ।

ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गरेका छन् । उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’

पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएको हो । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।
कार्यक्रममा संविधानसभा सदस्यद्वय रक्मिनी चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाको थबाङमा पहिरो : १० जना बेपत्ता, खोजी कार्य जारी

२० लाखभन्दा बढी सवारीसाधन, ट्राफिक व्यवस्थापन अझै हात र सिट्ठीको भरमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu