ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ८ : १८   बजे

काठमाडौं ३० माघ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय हुनुभएको छ ।

यसअघि लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो । तर, लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत उपभोग गरेको विद्युत् महसुलको बक्यौता तिर्न अटेर गर्दै आएका उद्योगमा फेरि लाइन काट्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहमतिको माग गरेर विद्युत नियमन आयोगलाई पत्र लेख्नुभएको छ ।

गएको आइतवार आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सहमति मागेको छ । प्राधिकरणले यसअघि लाइन काटेपछि केही उद्योगले बक्यौता तिरिसकेका छन्, तर सरकारकै संरक्षणमा ३५ वटा उद्योगले भने अझै अटेर गर्दै आएका छन् ।

२०७२ माघदेखि २०७५ सालको वैशाखसम्मको प्रिमियम महसुल बक्यौतावापत ३५ वटा उद्योगले झन्डै सात अर्ब रुपैयाँ महसुल तिर्न बाँकी छ ।

अरु नागरिकले दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरिरहेको बेला विद्युत प्राधिकरणको तत्कालिन नेतृत्वले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत चौबिसै घण्टा विद्युत् दिएको थियो ।

त्यसमा ६५ प्रतिशत थप शुल्क ९प्रिमियम० लिने नियम थियो । तर, केही उद्योगीले नियमित महसुल तिरेपनि केहीले भने प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu