ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थितिमा सुधार भए शनिबार बन्धक छाड्न तयार छौँ: हमास


एबीसी न्यूज
३० माघ २०८१, बुधबार   ८ : ५३   बजे

काठमाडौं ३० माघ । हमासले स्थितिमा सुधार भए आगामी शनिबार बन्धक रिहा गर्न आफू तयार रहेको बताएको छ।

यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै अब बन्धक रिहा रोक्ने चेतावनी दिएको थियो।

हमासका वरिष्ठ नेता डा। बसिम नइमले बीबीसीलाई बताएअनुसार हमास सम्झौताप्रति प्रतिबद्ध छ र स्थितिमा सुधार आयो भने अर्को शनिबार बन्धकहरू हस्तान्तरण गर्न तयार छ।

योसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा पलाएको छ।

तर सम्झौताको निरन्तर उल्लंघनले बन्धक रिहा गर्नु कुरालाई कमजोर बनाउने हमासका वरिष्ठ नेता डा। बसिम नइमले बताएका छन्।

हमासले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेका कारण अबदेखि बन्धक नछाडिने बताएको थियो।

उता इजरायलको मुख्य सहयोगी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै बन्धक रिहा नगरे हमासले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको थिए।

जवाफमा हमासका प्रवक्ताले भने धम्कीको कुनै अर्थ नहुने टिप्पणी गरेका छन्।

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ।

हमासले युद्धविराम भएयता हालसम्म पाँच खेप गरेर २१ इजरायली बन्धकलाई मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

सम्झौताअनुसार हमासले अब आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu