ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीमा आइजीपी को बन्ला ? अहिलेकै बरियता कि छलाङ ?


admin
४ चैत्र २०७४, आइतबार   ११ : १२   बजे

काठमाडौं, ४ चैत । नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि लिगलिगे दौड सुरु भएको छ । आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ ।

आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति छ । यो अवस्थामा अबको आइजीपी को बन्ने भन्ने आन्तरिक रुपमा होडबाजी व्यापक बनेको छ । अहिले सबै प्रहरी अधिकृतहरु बधाई दिने बहानामा नयाँ मन्त्री र नेताको घरहरुमा धाउने संख्या अत्याधिक छ । प्रहरी अधिकृतहरु नेतार मन्त्री भेटन जाँदै गर्दा गृह मन्त्रालयले सेवा प्रवेशदेखि अहिलेसम्मको ट्यारक रेकर्ड हेर्न थालेको छ ।

 

स्रोतका अनुसार ट्रयाक रेकर्डमा चार जना डिआइजी आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन ।अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि १५ डिआइजीमध्ये चार जना सवैभन्दा योग्यको सूचीमा परेका हुन। गृह स्रोतका अनुसार ट्रयाक रेकर्डको आधारमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धिरु बस्न्यातमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ । गृहस्रोतका अनुसार कामको मुल्यांकण गर्दा चार जना नैउत्कृष्ट देखिएकोले यिनै चारमध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पीरिडमा काम गर्न सक्ने क्षमता भएकै कारण उनीहरुमध्ये एक आइजीपी बनाइने स्रोतको भनाई छ । चारै डिआइजीको बिषयमा सत्तारुढ दलका नेताहरु देखिएका छन् । कतिपयले विगतमा अहिलेका डीआइजीहरुले गरेका कामको समीक्षा गर्दै जिम्मेवारी दिनुपर्ने तर्क समेत गर्न थालेका छन् । इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजीमा रहँदा गरेको कामलाई हेर्दा खनाल, खरेल, कार्की र बस्नेतमध्य एक आइजीपी बन्ने लगभग निश्चित छ, यहीअनुसार सवैको प्रहरी इतिहास केलाउने काम भइरहेको छ, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

 

आर्थिक लेनदेनबिना आइजिपि बनाउने भएकोले पनि यस पटक ट्रयाक रेकर्ड हेरिएको हो । प्रहरीमा भर्ती हुनुअघि राजनीतिक पृष्ठभूमि, पारिवारिक उठबस र प्रहरी प्रशासनमा देखाएको कामलाई पनि आधार बनाउनुपर्ने कतिपय नेताहरुले नै सुझाव दिएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल पनि काबिल र सक्षम आइजीपी बनाउनुपर्नेमा रहेको उनी निकट स्रोतको भनाइ छ । डनहरुलाई इन्काउन्टर गरेर चर्चामा आएका खनाल र कार्की, हक्की स्वभावका खरेल होस वा विगतमा उत्कृष्ट काम गर्दा पनि ओलीको मान्छे भनेर सधै कमजोर मूल्यांकनमा पारिएका बस्नेत मध्येमा एकजनालाई अबका केही दिनमै एकजनालाई एआईजी बढुवा गर्ने र आइजीपीको जिम्मेवारी दिने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ ।

 

राजनीतिक साँठगाँठ र प्रभावमा मूल्यांकनमा आफूलाई स्थापित गरेका वर्तमान डीआइजीहरुको चलखेलले पनि नेताहरु आजित भइसकेको बताउने गरेका छन् । गृहमन्त्री थापाले त सार्वजनिक कार्यक्रममा सोर्सफोर्सका भरमा बढुवा र सरुवा हुन नखोज्न भनिसकेका छन् । यसले पनि स्पष्ट हुन्छ कि मन्त्री भएपछि बधाईका नाममा सोर्सफोर्स गर्नेहरु बढेकै छन् । सामान्य मुल्यांकनमा पनि आइजीपीका लागि खनाल, खरेल, कार्की र बस्न्यात नै देखिएका छन । बस्न्यात त्यस्ता डीआइजी हुन्, जसलाई एसएसपी कालमा नेतृत्व तालिममा प्रथम हुँदासमेत ओलीका मान्छे भन्दै शेरबहादुर देउवाले डीआइजीमा जसरी पनि बढुवा नदिने निर्देशन दिएका थिए । तर जति पेल्दा पनि बस्नेतलाई डिआइजी बन्नबाटा देउवाले रोक्न सकेनन । गृहले सवै ट्रयाक रेकर्ड हेर्दा पहिलोदेखि तेस्रो बरियतामा रहेकासँगै बस्नेत पनि आइजीपीका लागि प्रमुख दावेदार देखिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group