ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरहरा बनाउन स्थानीयको दबाबमुलक अभियान, लाखौंको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँदै


admin
४ चैत्र २०७४, आइतबार   १ : १३   बजे
काठमाडौं, ४ चैत । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ऐक्यबद्धता जनाउँदै भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्गथाीयहरु लागेका छन् । स्थानीयले पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् ।

स्थानीयले ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौं’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका छन् । साथै उनीहरुले ‘मेरो धरहरा मै बनाउँछु’ अभियानमा ५१ हजार १ सय १ रुपैंया पनि जम्मा गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज शम्सेर जवरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति नै बनाएर उक्त अभियान अगाडि बढाईएको छ ।
‘यो सांकेतिक शुरुवात हो, हामी लाखौंको हस्ताक्षर संकलन गरेर धरहरा बनाउने अभियानमा लागेका छौं । धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ ।’
स्थानीय वेदप्रकाश गौतम भने, ‘धरहरा बनाउन हामी आफैं श्रमदान गर्न पनि तयार छौं ।’ उनले प्रदेश प्रमुखसहित महानगर लगायत सबैको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अगाडि बढाईएको जानकारी दिए ।
यस्तै खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा ढलेपछि भूकम्पको त्रास बढेको र त्यसलाई मेटाउन पनि धरहरा तत्काल बन्नुपर्ने बताए । उनले भने, ‘यसलाई व्यापारिक प्रयोजनमा लैजानुहुँदैन । सरकारले संरक्षणका लागि यसको ठेक्का दिएको हो । पर्यटकीय हिसाबले यसको संरक्षण गर्दै ढलेको धरहरा तत्काल बन्नुपर्छ ।’
पर्यटकका लागि आवश्यक सुबिधा र त्यहाँका स्थानीयहरुको सुबिधालाई मध्यनजर गर्दै राष्ट्रिय धरोहर धरहरा बन्नुपर्नेमा जोड दिदैं उनले भने, ‘धरहरमा आँच आउनेगरी गगनचुम्बी भवनहरु बन्नुभएन । हाम्रो भनाई तत्काल धरहरा बन्नुपर्छ ।’
उनले धरहरा बनाउन सम्बन्धीत निकायलाई सहयोग गर्न क्लब र त्यहाँ रहेका अन्य संघसंस्थाहरुलाई ऐक्यबद्ध गराउन आफूहरु तयार रहेको र सरकारले तत्काल धरहरा बनाउने पहलकदमी लिनुपर्ने बताए ।
स्थानीयले गुठी संस्थानको जग्गालाई पार्किङमा प्रयोग गर्न सक्ने तर व्यापारिक भवन बन्न नदिने बताएका छन् । यसअघि धरहराको दक्षिणतर्फ रहेको जग्गामा भीम मुक्तेश्वर गुठी संस्थाले भाडामा लिई व्यापारिक भवन बनाउन लागेकोमा स्थानीयले विरोध गर्दै महानगरबाट नै त्यस कार्यलाई रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group