काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन्।
आइतबार बसेको बैठकमा शशिकला दाहाललाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ४५ मत र विपक्षमा ११ मत आएको थियो।
उनीविरुद्ध नेपाली कांग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको थियो ।
बैठकमा ५६ जना सांसद उपस्थित रहेका थिए।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेशप्रसाद तिमिल्सिना निर्वाचित भैसकेका छन्।
प्रतिक्रिया दिनुहोस्