ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्थापन टिमसँग देउवाको परामर्श, महाधिवेशनको तयारीमा लाग्न निर्देशन


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   २ : ३९   बजे

काठमाडौं २ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर देउवाले गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजय गच्छदार, कृष्ण सिटौला, बालकृष्ण खाण, उमाकान्त चौधरी, एनपी साउद र प्रकाशशरण महतलाई बोलाएर छलफल गरेका हुन्।

छलफलमा सहभागी एक नेताका अनुसार आगामी महाधिवेशनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुरा भएको थियो।

पार्टीको महाधिवेशनदेखि समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो, उनले भने। बैठकमा सभापति देउवाले महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिएको उनको भनाइ छ।

यो टिम एक भएर अगाडि बढ्नुपर्नेछ। पार्टीलाई पनि यही आवश्यकता छ, देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, आगामी महाधिवेशनको तयारी गर्नू, महाधिवेशलाई कसरी सुदृढ बनाउने त्यता पनि ध्यान दिनू।

देउवाले पार्टीको विरासतलाई नभुल्न पनि भनेका छन्। देउवाले निर्देशन दिँदै भने, कार्यकर्ताबीच एकता कायम राख्न तपाईंहरू एक हुनुपर्छ। पार्टीको राजनीतिक मूल्यमान्यता र विरासत बिर्सिन हुन्न। इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्नू। देउवालाई दुई(दुईपटक सभापति बनाउन सहयोग गर्ने नेताहरूले बूढानीलकण्ठ पुगेर भेट गरेको नेता गोपालमान श्रेष्ठले भने

हामी १० औं महाधिवशेनदेखि सँगै भएका साथीहरू र पार्टीको सभापतिमा शेरबहादुर देउवालाई दुईरदुईपटक निर्वाचित गराउन भूमिका खेलेकाहरू बूढानीलकण्ठ पुगेर भेट गरेका हौँ, उनले भने, पार्टीको आन्तरिक राजनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भयो। यस्ता छलफल जारी राख्ने गरी आजलाई टुंग्याइयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu