ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा चाँडै सार्वजनिक हुँदै निसान म्याग्नाइट फेसलिफ्ट, इन्टेरियरमा धेरै परिवर्तन


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   २ : ५६   बजे

काठमाडौं २ फागुन । नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ।

नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट ल्याएको हो।

यसको लन्चिङ समयबारे आधिकारिक जानकारी नदिए पनि केही दिनमै सार्वजनिक गर्ने पायोनियर मोटोकर्पको तयारी छ। हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिनाभित्रै लन्च हुने अनुमान छ।

नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन्। अब अझै सुधारिएको भर्सनको रुपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो।

यसको ग्रिल र क्रोम वरिपरि पुनस् डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट समावेश गरिएको छ। यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ।

यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ। यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि(फेसलिफ्ट मोडलभन्दा एकदमै भिन्न छ।

यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ। सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ।

यसमा १ लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ। यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। योसँगै १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ।

नेपाली बजारमा उपलब्ध हुने भेरिएन्टबारे समेत कम्पनीले हाल जानकारी सार्वजनिक गरेको छैन। यसको मूल्य समेत पछि सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group