ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीको मधुवनमा भीषण आगलागि , ८५ घर जल्यो, २ सय ३५ परिवार विस्थापित


admin
४ चैत्र २०७४, आइतबार   ४ : ३८   बजे

 

काठमाडौं, ४ चैत । सुनसरीको साविकको मधुवन ९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा गएराति भएको भिषण आगलागीबाट हाल सम्म एक करोड ३६ लाख ६० हजारको क्षति भएको छ भने २ सय ३५ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् ।

आगलागिमा ८५ घर जलेको छ । क्षतिको पुर्ण विवरण आउन अझै वाँकी नै छ । बराह नगरपालिकाका मेयर निलम खनालका अनुसार आगलागिमा परेर २ जना गंभीर घाइते भएका छन् । स्थानीय प्रभु सररदार र अर्का एक जना घाइते भएका छन् । घाइतेको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भैरहेको छ ।

गएराती ९ वजे स्थानीयको घरमा घुर बालेको आगो सल्किएर आगलागी भएको मेयर खनालले वताए । आगलागीमा बस्ती नै सखाप भएको छ । केही बालबालिका पनि सामान्य घाइते भएको जनाइएको छ ।

राती आगलागि भएपछि इटहरी, धरान, इनरुवा र राजविराजबाट गएको चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

बराह नगरपालिकाले आगलागि पीडितको विजोग भएकाले यथासक्य सहयोग गर्न समेत अपील गरेको छ । आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको नपाले जनाएको छ ।

तत्कालिन रुपमा नपाले कम्वल र खाद्यन्न वितरण गरेको जनाइएको छ । आगलागि पीडितहरु खुल्ला आकास मुनी वस्न वाध्य भएका छन् । रेडक्रस , लगायत अन्य सामाजिक संघ सस्थाहरुले समेत तत्कालिन राहत वितरण घट्ना स्थलमा नै पुगेर वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group