ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने : बढ्दो मूल्यलाई रोक्ने प्रयास


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ११ : २७   बजे

काठमाडौं ३ फागुन । जापान सरकारले झण्डै दुई लाख १० हजार टन स्टक चामल निकासा गर्ने भएको छ । देशभित्र चामलको बढ्दो मूल्यलाई रोक्न र बजारमा हस्तक्षेप गर्न तत्कालै निकासा गर्न लागेको हो ।

आपतकालीन अवस्थाबाहेक जापानले पहिलो पटक आफ्नो चामलको रिजर्भ स्टक प्रयोग गर्न लागेको हो । विशेषगरी आपतकालीन प्रयोगका लागि चामल सुरक्षित राख्ने गरिएको छ ।

विगतमा भूकम्प तथा अन्य आपतकालीन अवस्थामा चामल भण्डारको प्रयोग गर्ने गरिएको थियो । जापानमा केही वर्षयता अत्याधिक गर्मी मौसमले समस्या पारेको र अहिले चामलको माग अत्याधिक भएपछि मूल्य बढेको अवस्था छ ।

अत्याधिक गर्मीको लहरले विश्वका धेरै भागलाई समस्यामा पारेका बेला जापानले सन् २०२४ मा रेकर्ड गरिएको सबैभन्दा तातो वर्षको सामना गर्दै निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ ।

जापानका कृषिमन्त्री टाकु इटोले सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल निकासा गर्न लागेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

आज पाँच संसदीय समितिको बैठक बस्दै, विधेयकदेखि खानेपानी र दलित आयोगसम्म छलफल

सम्बन्धित

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu