काठमाडौं, ४ चैत । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अदालतको अपहेलना मुद्दाको सुनुवाईको लागि पेशी तोकिएको छ ।
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले मुद्धाको सुनुवाई गर्ने भएको छ ।पराजुलीविरुद्ध मनोजकुमार अधिकारीले फागुन २५ गते मुद्दा दायर गरेका थिए।
अधिकारीले निर्वतमान प्रधानन्यायधीशको कार्यसम्पादनले अदालतको अपहेलना भएको दाबी गर्दै डा। गोविन्द केसीलाई आफूविरुद्धको मुद्दा मिलाउन दबाब दिएको, उनको कानुन व्यवसायीलाई मार्ने धम्की दिएको भन्दै मुद्दा पेश गरेका थिए।
मुद्दालाई सुरुमा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। तर, इजलासको आदेशपछि दर्ता अनुमति पाएको थियो। दर्तापछि चैत २ र ४ गते तारेख तोकिए पनि आइतबारका लागि सुनुवाइको पेशी तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्