ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री पौडेल र मेयर आचार्यको जलन ५ देखि ६ प्रतिशत- अस्पताल


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ७ : ४९   बजे

काठमाडौं ३ फागुन । पोखरामा बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ’ अस्पतालले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ।

पौडेल र आचार्यको उपचारमा प्राडा विडी झा, डा प्रविण गिरी तगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो। मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu