ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा म्याराथनमा केन्याली धावकको वर्चश्व


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   ८ : १२   बजे

पोखरा, ३ फागुन । सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । १९ औं संस्करणको सफल पोखरा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो स्थान केन्याली खेलाडीले विजयी बने ।
निर्धारित ४२.१९५ किलोमिटरको दुरी केन्याली धावक विल्सन चेरुयोटले २ घण्टा १७ मिनेट २४ सेकेण्डमा पूरा गदै पहिलो हुन सफल भए । केन्याकै जुलियास मुरियाली वाहोमल २ घण्टा १७ मिनेट २७ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । उनी अघिल्लो म्याराथनमा पहिलो भएका थिए ।
केन्याकै ओनिसले २ घण्टा १८ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो स्थान पक्का गरे । नेपालका किरण सिंह बोगटी चौथो स्थानमा आउन सफल भए । उनले २ घण्टा ३८ मिनेट १७ सेकेण्डमा म्याराथन पूरा गरे । १९ औं संस्करणको पोखरा म्याराथनमा २१ देशका ८० जना विदेशी सहित १ सय ५० जना धावकहरुले सहभागिता जनाएका थिए ।
त्यसै गरी २१ किलोमिटर हाफ्म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले १ घण्टा २० मिनेट ३ सेकेण्डमा दौड पुरा गरिन् । त्यसै विदेशी खेलाडी स्वारोन जेनोटिचले १ घण्टा २१ मिनेट ७ सेकेण्ड दुरी पुरा गर्दै दोस्रो, पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट ८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो र आस्मा विकले १ घण्टा ३७ मिनेट ४ सेकेण्डमा दुरी पुरा गरीन् ।
त्यसै गरी २१ किलोमिटर हाफ्म्याराथनमा पुरुष तर्फ सन्तोष विक्रम विष्ट पहिलो भए । उनले निर्धारीत दुरी १ घण्टा ९ मिनेट ७ सेकेण्डमा सम्पन्न गरे । गजेन्द्र राईले १ घण्टा ९ मिनेट ५६ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो र विदेशी धावक इमानुएलले १ घण्टा १० मिनेट २ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए ।
हाफ म्याराथनमा महिला तर्फ १० देशका ४० जना र पुरुष तर्फ १० विदेशीसहित १ सय १० जनाले सहभागीता जनाएका छन् । १० किलोमिटर पुरुष विधामा ११ देशका २ सय ११ जना, १० किलोमीटर महिला तर्फ ११ विदेशी सहित १ सय ९ जना, ५ किलोमिटर छात्र तर्फ १ हजार ४ सय ७० र छात्रा तर्फ १ हजार २५ जनाले सहभागि जनाका थिए । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन विभिन्न ठाउँ हुदै पोखरा ६ हल्लन चोकमा समापन भएको थियो ।
म्याराथनका विजेताले नगद ५ लाख, दोस्राले ३ लाख, तेस्राले २ लाख, चौथोले ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरेको आयोजक संस्थाका भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ गरे । महिला हाफ म्याराथनको विजेताले १ लाख ५० हजार दोस्रो १ लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu