ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरमा खाद्यवस्तुको गुणस्तर ठाउँको ठाउँ जाँच गर्ने तयारी


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ३ : ०२   बजे

काठमाडौं ४ फागुन । काठमाडौँ महानगरपालिकाले सहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ।

नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो।

यसका लागि महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जीवकुमार कर्णसहित अधिकारीहरूबीच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ।

छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो।

छलफलमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरूले सहकार्य क्षेत्रका विषयमा धारणा राखेका थिए।

सुपथ मूल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले नियमित बजार अनुगमन गरिरहेको छ।

यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छतास् प्रवर्धन शिविर ९फुड सेफ्टी, बुट क्याम्प० अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता, तेस्रो संस्करणमा मिठाईजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो।

यस्तै चौथो संस्करणमा होटल, क्याटरिङ् र ब्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र बिक्रेतालाई तालिम दिइएको थियो।

बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu