ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमतका नेताहरु हतियारसहित डुले, प्रहरीले सोधपुछपछि छाड्यो


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ३ : ४६   बजे

काठमाडौं ४ फागुन । जनमत पार्टीका नेताहरूले रौतहटको गौरमा हतियार प्रदर्शन गरेका छन् । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेष जमसेदले हतियार प्रदर्शन गरेका हुन् ।

अब्दुल खान गौर नगरपालिकाको सबगढास्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । भेटका क्रममा उनीहरूले दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए ।
यस्तै उनीहरू ९उपाध्यक्ष र जिल्ला इञ्चार्ज० डुल्दा पनि दुवै जनालाई हतियार बोकाएर साथै हिँडाएका थिए । जिल्ला इञ्चार्जसमेत रहेका जमसेदले भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा राखेका थिए । खुलेआम हतियार प्रदर्शन गरेको भनेर आलोचना भएपछि उनले फोटो र भिडियो फेसबुकबाट हटाएका थिए ।
प्रहरी भन्छ लाइसेन्स प्राप्त हतियार हुन्
जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेको विषयमा जनमत पार्टीका जिल्ला इञ्चार्ज शेष जमसेदसँग सोधपुछ समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले लाइसेन्स प्राप्त हतियार भएकाले सोधपुछपछि छाडेको जानकारी दिए ।

उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको बन्दुकहरुको इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियार व्यक्तिले घरमा राख्न पाइने व्यवस्था रहेकाले हामीले जमसेदलाई सोधपुछ पछि छाडेका छौं ।’

जमसेद भन्छन् स् सामाजिक सञ्जालमा राख्नु भूल भयो

जनमत पार्टीका रौतहट इञ्चार्ज शेख जमसेदले शुक्रबार घरमा बन्दुक सफा गर्ने बेलामा उक्त तस्वीर खिचिएको दाबी गरेका छन् ।
तर सामाजिक सञ्जालमा राख्नु आफ्नो भूल भएको उनले बताएका छन् ।

‘दुवै बन्दुक इजाजत प्राप्त हुन् तर सामाजिक सञ्जालमा राख्नु भूल भयो, मैले सो पोष्ट हटाइसकेको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu