ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल नेता जोशीलाई पक्राउ पुर्जीबाट जोगाउन सच्याइएको थियो प्रहरीको कागजात


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ३ : ४९   बजे

काठमाडौं ४ फागुन । प्रहरीलाई कुटेको घटनामा संलग्न अखिल नेता कमलराज जोशीलाई जोगाउन तयार भइसकेको कागजात समेत सच्याएको खुलेको छ । २४ माघको राति ठमेलमा ड्यूटी खटिएका दुई जना प्रहरीमाथि आक्रमण भएपछि प्रहरी वृत्त दरबारमार्गले २५ माघमा पक्राउ पुर्जीका लागि अनुमति माग्ने तयारी गरेको थियो ।
जसअनुसार प्रहरी वृत्त दरबारमार्गले सुरुवाती क्रममा अभद्र व्यवहारको कसुरमा भन्दै पाँच जनाको नाममा पक्राउका लागि अनुमति माग्ने तयारी गरेको छ ।
जसको पहिलो सूचीमै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीको नाम थियो । जोशीसहितका व्यक्ति पक्राउ नपर्दा फरार हुने, फेरि यस्तै प्रकृतिका घटना गराउन सक्ने भन्दै पक्राउ अनुमति मागका लागि कागजात तयार पारिएको थियो ।

दरबारमार्गका अनुसन्धान अधिकृत तथा इन्सपेक्टर देवानन्द मिश्रले उक्त कागजात २५ माघमै तयार पारेका थिए । तर ‘माथिल्लो तह’बाट दबाब आएपछि प्रहरीले तयार पारेको उक्त कागजात सच्याउँदै जोशीको नाम हटाएर बाँकीको हकमा पक्राउ अनुमति माग गरेको थियो ।
एक अनुसन्धान अधिकृत भन्छन्, ‘प्रहरी कुटिनुको मुख्य कारण नै नेता जोशीको भूमिका थियो । तर दबाब आएपछि तयार भएको कागज समेत सच्याएर बाँकीलाई मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।’

नेता जोशीलाई उन्मुक्ति दिएको आरोप लागेपछि सुरुवाती क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले भने जोशीले छुट्याउन खोजेको देखिएको दाबी गर्दै पक्राउ पुर्जी माग नगरिएको दाबी गरेको थियो ।

त्यतिबेला परिसरका प्रमुख तथा एसएसपी विश्व अधिकारीले भने प्रारम्भिक अनुसन्धानको क्रममा रहेको र अनुसन्धान गर्दै जाँदा जोडिएमा जोकोही भए पनि कानुनी दायरामा ल्याउने दाबी गरेका थिए ।
नेता जोशीलाई उन्मुक्ति दिएर फेरि अर्को कागज तयार पारेर पक्राउ अनुमति माग गरिएको थियो । त्यतिबेला ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा, नवीन ऐरी, सौजन्य शाही, गोपालबहादुर शाहीविरुद्ध पक्राउ पुर्जी माग गरिएको थियो । उनीहरूमध्ये सिग्देल र फुलारा पक्राउ परेका थिए ।

उनीहरु पक्राउ पर्दासम्म जोशीविरुद्ध भने पक्राउ पुर्जी समेत प्रहरीले माग गरेको थिएन ।

गत मंगलबार परिसरमै भएको पत्रकार सम्मलेनमा भने एसएसपी अधिकारीले अपराध गरेको देखिएमा कसैलाई पनि नछोड्ने दाबी गरेका थिए । ‘अपराध गरेको पाइएमा पार्टी नहेरी कारबाही हुन्छ । एक सय, दुई सय प्रतिशत होइन, हजार प्रतिशत कारबाही गर्छौं,’ एसएसपी अधिकारीले भनेका थिए ।

जोशीलाई उन्मुक्ति दिएको भन्दै संसदसम्म कुरा उठेपछि गत बिहीबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद लिएर जोशीविरुद्ध पनि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पुर्जी जारी भएका शाहीद्वय र ऐरी भने अझै फरा छन् ।

जोशीको समूहबाट २४ माघको राति प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम ९क्यूआरटी० को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको सीसीटीभी फुटेजमा देखिन्छ ।
यता सीसीटीभी फुटेज सार्वजनिक गरेको भन्दै परिसरले उल्टै पीडित प्रहरीहरूमाथि छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group