ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह नगरपालिकाको झन्डै चार करोड राजश्व संकलन गर्ने लक्ष्य


एबीसी न्यूज
४ फाल्गुन २०८१, आइतबार   ८ : ३४   बजे

देवदह । देवदह नगरपालिकाले नदीजन्य पदार्थ निकासी तथा व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाएको छ । आइतबार नगरपालिकामा सरोकारवालाहरुसंग छलफल गर्दै नगरपालिकाले चुरे क्षेत्र बाहेकका खोलाहरुको नदीजन्य पदार्थ व्यवस्थापनको प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनको पुनरावलोकन गरिएको जनाएको छ ।
पहिलो चरणमा देवदहको चुरेभन्दा बाहेकका १९ वटा खण्डबाट नदीजन्य पदार्थ निकासीको लागि कामको सुरुवात गरेको नगरपालिकाका वातावरण तथा विपद् शाखाका रवि पाण्डेले जानकारी दिए । शाखा प्रमुख पाण्डेले प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनको बारेमा जानकारी दिदै तिलोत्तमासंग जोडिएको रोहिणी नदी ड्यामबाट ५८ हजार ५ सय धनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने बताए । पाण्डेले ५८ हजार ५ सय धनफिट नदीजन्य पदार्थबाट प्रति ८ रुपैया घनफिटको नगरपालिकालाई एक करोड ६५ लाख २७ हजार २ सय ७९ रुपैया राजश्व संकलन हुने बताए ।
यसैगरी रोहिणी नदी देवदह–३, ११ र १२ बाट ४१ हजार ४ सय ६० घनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने बताउदै उनले सो वापत नगरपालिकामा एक करोड १७ लाख १३ हजार २ सय ७९ रुपैया राजश्व संकलन हुने जानकारी दिए । रोहिणी खोलाको राजमार्ग उत्तर तर्फबाट ११ हजार २ सय ६७ घनफिट नदीजन्य पदार्थ निकासी गर्न सकिने र त्यसबाट ६० लाख ६२ हजार ८ सय ७९ रुपैया राजश्व संकलन गर्ने नगरपालिकाले जनाएको छ । घोडाहा खोलाको दक्षिण क्षेत्रबाट ६ हजार ७ सय १० धन फिट नदीजन्य पदार्थ निकाल्न मिल्ने प्रारभ्भिक वातावरण परीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ । जसबाट ३७ लाख २२ हजार २ सय एक रुपैया नगरपालिकामा राजश्व संकलन हुनेछ ।
१९ वटा खण्डबाट जम्मा १ लाख १७ हजार ९ सय ३७ घनफिट नदीजन्य पदार्थ निकासी गर्न र सो वापत ३ करोड ८० लाख २५ हजार रुपैया राजश्व संकलन नगरपालिकाको तयारी छ ।
देवदह नगरपालिकाको आन्तरिक राजश्व संकलनको मुख्य श्रोत नै नदीजन्य पदार्थ रहेको छ । देवदह क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ चोरी निकासी हुने गरेको बताउदै चोरी निकासीलाईै रोक्न नगरपालिकाले धेरै पहल गरेपनि सम्भव नभएको नगर प्रमुख ध्रुवप्रसाद खरेलले जानकारी दिए । नदीजन्य पदार्थ चोरी निकासी रोक्न सवैले भूमिका खेल्नु पर्ने बताउदै उनले त्यसको लागि सामुदायिक वनहरुले प्रमुख भूमिका हुने बताए ।
सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक वनहरुले स्थानीय तहबाट वन पैदावार सम्बन्धि बार्षिक कार्ययोजना स्वीकृत गरेर जान आवश्यक बताए । बैठकमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, ११ का वडाअध्यक्ष दुधनाथ यादव, वडा सदस्य अमर लामिछाने, चन्द्रबहादुर रसाईली, अक्वाल खाँ, दुर्गाबहादुर राना, रुका सापकोटा, जीवलाल रेग्मी, हरी केसी लगायतले आ–आफना भनाई राखेका थिए । देवदह नगरपालिका राजश्व शाखा प्रमुख बिष्णु बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group