ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा ११ वर्षीय बालकको हत्या, दुई जना पक्राउ


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   ११ : ५४   बजे

सुर्खेत, ५ फागुन । दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई जना किशोरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए । घर परिवारले खोज्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिएका थिए । ‘परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको छ,’ प्रहरी निरीक्षक सुनारले भने । प्रहरीका अनुसार हत्या गरिएका ११ वर्षीय बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए । उनीहरूले हत्या गरिएका बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए । ‘त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएछ । ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ’ प्रहरी निरीक्षक सुनारले भने ।
दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ‘हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौ,’ उनले भने, ‘पछि शनिवार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले २५ गते नै हत्या गरेर घर नजिकै खाल्डो खनी गाडेका छौं’ भन्ने बयान दिएका थिए ।’ हत्या अभियोगमा ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu