ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई भारतमा नेपाली विद्यार्थीको अवस्थाबारे बोल्न दिएनन्


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   २ : ०१   बजे

काठमाडौं ५ फागुन । प्रतिनिधिसभाको बैठकमा भारतको एक विश्वविद्यालयबाट निष्कासन गरिएका विद्यार्थीबारे बोल्न खोज्ने सासंदलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । संसदको सोमबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा भारतमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे विषय राख्न खोज्दा सभामुखले समय नदिएका हुन् ।

संसदको बैठकमा उक्त विषयमा आफ्ना धारणा राख्न र सरकारबाट सूचना माग गर्नुपर्ने भएकाले समय मागेको सांसद श्रेष्ठले बताएकी थिइन् । आफूले पहिल्यै समय माग गर्दा पनि सभामुखले किन समय नदिएको हो रु भनेर उनले सोधेकी थिइन् ।

सभामुख घिमिरेले भने समय नदिएकाले बोल्न नपाइने बताएका थिए । ुमैले बोल्न समय दिएको छैन । समय पाएमा आफ्ना कुरा राख्ने हो, नपाएमा नियमअनुसार बस्ने हो, घिमिरेले भनेका थिए ।

त्यसपछि सांसद श्रेष्ठले विषय गम्भीर भएको र परराष्ट्र मन्त्रालयसँग सोध्नुपर्ने भएकाले आकस्मिक समय दिन आग्रह गरेकी थिइन । तर, सभामुखले उक्त आग्रह स्वीकार गरेनन् र समय नदिने अडानमा रहे ।

श्रेष्ठले भारतको भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निष्कासन गरेको विषय राख्न खोजेकी थिइन् । ती विद्यार्थीलाई तत्काल सरकारले सहयोग गर्नुपर्ने माग राख्नपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu