ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज छ- शेरबहादुर देउवा


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   २ : ३४   बजे

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थाभित्र पारदर्शिता हुनुपर्छ भन्ने आवाज रहेको बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यी संघसंस्थाहरूमा सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुद हुनुपर्छ भन्ने पनि आवाज छ,’ सभापति देउवाले भने ।

गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने ।

एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको ध्यान पुग्नुपर्ने उनको आग्रह छ ।

पार्टीले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको र यसले नै निरन्तरता पाउने सभापति देउवाले बताए । आर्थिक समृद्धि र विकासमा योगदान पुर्‍याउने गरी वैदेशिक साहायता लिनुपर्ने र लिइने सभापति देउवाको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu