ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   २ : ३८   बजे

काठमाडौं ५ फागुन । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाले पास गरेको खेद प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै पन्तले संविधानले दुई सदनको संसदीय प्रणाली अवलम्बन गरेको स्मरण गरे । यी दुई सदनका बीचमा द्वन्द्व बढाउने काम कसैबाट हुन नहुने उनको आग्रह छ ।
‘यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ,’ पन्तले भने, ‘हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैंमा दुःखद हो ।’

राष्ट्रिय सभाप्रति गरेको टिप्पणीलाई लिएर सोमबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाहीविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो ।
यसप्रति एमाले सांसद पन्तले आपत्ति जनाएका हुन् । यस्तो द्वन्द्व बढ्दै गए दुइटा सदनको बीचमै द्वन्द्व उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने उनले दोहोर्‍याए ।
तथापि, शाहीको अभिव्यक्ति पनि उचित नरहेको पन्तले बताए । ‘राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । राष्ट्रिय सभा भनेको पाकाहरूको सभा हो । त्यो सदनलाई हामीले वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्ने काम गर्न हुँदैन,’ पन्तले भने ।

लोकतन्त्र सुसस्कृत प्रणाली भएको बताउँदै उनले एकले अर्कोलाई सम्मान गर्न सक्नुपर्ने बताए । आफ्नो असहमतिलाई संसदीय भाषा र मर्यादामा रहेर राख्नुपर्ने उनले बताए ।

तथापि, प्रतिनिधि सभा सदस्यले प्रतिनिधि सभामा बोलेको विषयलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव नै पारित गर्ने विषय उचित नरहेको उनले बताए ।

‘जसरी प्रतिनिधि सभाका एक जना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ त्यो आफैँमा दुःखद हो,’ उनले भने । यो घटनाबाट पाठ सिकेर कसैलाई दोष नदिएर आगामी दिनमा दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने गरी सबैले भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu