ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन– तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउने छैन


admin
४ चैत्र २०७४, आइतबार   ७ : ०७   बजे

काठमाडौ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताउनुभयो ।

‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘किनकि यो असधारण दायित्व बोकेको सरकार हो ।’

प्रधानमन्त्री ओलीले आज सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिंदै सबैलाई जवाफदेही ढंगले काम गर्न भन्नुभएको छ । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिनुभएको छ । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहीरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नुहोस’ ‘कसैको दबाव वा प्रभावमा कोही पनि नपर्नुहोस र नियम र कानुन बमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस ।’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई समयलाई ख्याल गर्न निर्देशन दिनुभयो । हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गर्न, काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्न प्रधानमन्त्रीले सबैलाई सम्झाउनु भएको छ ।

‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस, त्यस अनुसार उपलब्धी हासिल गर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर यस कारण, यदि, यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

प्रधानमन्त्री ओलीले सचिबहरु बढुवा सुरुवाका लागि नेताकोमा धाउने प्रवृति अन्त्य हुने बताउनुभयो । ‘अब नेताको गएर अब बढुवा वा सरुवा हुनेवाला छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘चुस्त ढंगले काम गर्नुहोस । जनतालाई छिटो छरितो सेवा दिनुहोस ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘भनसुनतिर लाग्ने र नेताकोमा धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ ।’

देश रेमिट्यान्सबाट चलेको बताउँदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैरकानुनी भएको उल्लेख गर्नुभयो । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाउनुभएको छ । ‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ‘यो किन सफा भइरहेको छैन ?’

सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने बताउनुभयो । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा बस्न सुझाउनु भएको छ । ‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस । तपाईंका काम माथि अनुगमन हुन्छ । त्यसमाथि अर्को अनुगमन हुन्छ । र, मैले पनि अनुगमन गरिरहेको हुन्छु । केहीं तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन ।’

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री, राज्यमन्त्री, प्रधानमन्त्रीका मूख्य सल्लाहकार, मुख्य सचिब र सचिबहरुको र सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group