ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केआईआईटीका नेपाली विद्यार्थी भन्छन्: हामीलाई कुटपिट गर्दै होस्टेलबाट निकालियो


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ११ : ४६   बजे

काठमाडौं ६ फागुन । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले प्रहरीसहितको समूहले आफूहरूलाई कुटपिट गरेको बताएका छन्।

केआईआईटीमा बी(टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थी न्याय माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए।

विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टेल सिल गरेर कलेजका डिन, सादा पोसाकका प्रहरी र ठूलो संख्यामा गार्ड, स्थानीय गुन्डाहरू नेपाली विद्यार्थीहरूको कोठामा घुसेर आफूहरूलाई घिसार्दै निर्ममतापूर्वक कुटपिट गरेको रितेश साहले उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान हामी हाम्रो विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टल सिल गरियो। त्यसको केही समयपछि कलेजका डिन, सादा पोसाकमा रहेका प्रहरी अधिकारीहरू र ठूलो संख्यामा गार्डहरू, स्थानीय गुन्डाहरू हाम्रो होस्टलमा घुसे। जबर्जस्ती नेपाली विद्यार्थीहरूको कोठामा प्रवेश गरे र हामीलाई घिसार्दै बाहिर निकाले र निर्ममतापूर्वक कुटे।’

उनले घटनास्थलको भिडिओसमेत सामाजिक सञ्जालमा राख्दै नेपाली विद्यार्थीहरूलाई छुट्टाछुट्टै अज्ञात स्थानमा छाडेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu