ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले विज्ञप्ति मात्रै निकालेर पुग्दैन,न्याय चाहियो-प्रकृतिको परिवार


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   १२ : १८   बजे

काठमाडौं ६ फागुन । भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको परिवार मात्रै हैन, सिंगो भैरहवा शोकमा डुबेको छ ।

ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा बीटेक तेस्रो वर्ष अध्ययनरत प्रकृति आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन् ।

घटना हुनु २० मिनेट अघि काठमाडौंमा रहेकी आमा सरितासँग प्रकृतिले आफू एउटा कन्सर्टमा गएको र फेसबुकमा फोटो पोष्ट गरेको भन्दै खुशी साटासाट गरेकी थिइन् । कुराकानीको २० मिनेटपछि प्रकृतिको मृत्युको खबरपछि परिवारमा सन्नाटा छायो ।आमा सरिता बेहोस भइन् भने बुबा सुनिल घटनास्थलतर्फ लागे ।

सरितालाई सोमबार काठमाडौंबाट भैरहवा घर ल्याइएको छ । ‘घटना हुनुअघि आमासँग राम्रै कुराकानी भएको रहेछ, २० मिनेट पछि एक्कासी मृत्यु खबर आएपछि परिवारमा सन्नाटा छाएको छ’, प्रकृतिकी फुपु सीता ढकालले भनिन्, ‘प्रकृतिकी आमा सरिता आज ९मंगलबार० सम्म पनि सामान्य अवस्थामा फर्किन सक्नुभएको छैन,कसैसँग बोल्न र कुराकानी गर्ने अवस्था छैन ।’

स्याङजाबाट भैरहवामा बसाइँसराइ गरेका लम्साल परिवारमध्ये प्रकृतिका बुबा(आमा काठमाडौं धापासीमा साथी फुड्स उद्योग चलाएर बसेका थिए ।

सिद्धार्थनगर नगरपालिका वडा नं ८ बैंक कलोनी भैरहवामा प्रकृतिका हजुरबुबा देवनाथ लम्साल र हजुरआमा बस्दै आएका छन् ।
प्रकृतिकै सहपाठी कोलकाता घर भएका एडविक श्रीवास्तवले मानसिक तनाव ९ह्यारेसमेन्ट० दिएकाले प्रकृतिको शंकास्पद मृत्यु भएको जानकारी आएको प्रकृतिका मामा शिव पोख्रेलले बताए ।

‘प्रकृतिका बुबा घटनास्थल जानुभएको छ, आमा राम्रोसँग कुराकानी गर्ने अवस्थामा हुनहुन्न त्यसैले घटनाबारे धेरै जानकारी छैन तर थाहा भए अनुसार उनलाई ह्यारेसमेन्ट दिएकाले मृत्यु भएको कुरा आएको छ’, पोखरेलले भने ।

प्रकृतिको मृत्युसँगै त्यहाँ पढ्ने सयौं नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनले गरेको ज्यादतीले सिंगो नेपालीको अपमान भएको पोखरेलले बताए ।

विश्वविद्यालय प्रशासनका केही व्यक्तिले ४० हजार नेपालीलाई भारतले निस्शुल्क पढाइदिएको भन्दै नेपालीमाथि अपमान गरेको पोखरेलले बताए । ‘प्रकृतिको त ज्यान नै गयो तर अरु सयौं नेपाली विद्यार्थीमाथि भएको ज्यादतीले सिंगो नेपालकै अपमान भएको छ’, पोखरेलले भने, ‘सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, प्रधानमन्त्री तहबाट कुरा गरेर घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई हदैसम्मको सजाय र मृतक परिवारलाई न्याय दिनुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकाका वडा नं ८ का अध्यक्ष राजनजंग राणाले प्रकृतिको मृत्यु र त्यसपछि सयौं नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नुपर्ने बताए ।

‘यो घटनाले प्रकृतिको परिवार र भैरहवा मात्र हैन सिंगो नेपालको अपमान गरेको देखिन्छ, यसलाई सामान्य ढंगले लिन मिल्दैन सरकारले उच्च तहमा वार्ता गर्नुपर्छ’, वडाध्यक्ष राणाले भने, ‘गल्ती गर्नेले सजाय पाउनुपर्छ,माफी माग्नुपर्छ परिवारले न्याय पाउनुपर्छ ।’

घटनाको विरोधमा प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुले प्रदर्शन गरी तनाव दिएको भन्दै नेपाली विद्यार्थीहरुलाई होस्टल खाली गरेर घर फिर्ता पठाएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । दुतावासको पहलकदमीपछि विश्वविद्यालय प्रशासनले होस्टलमा फर्कन विद्यार्थीलाई आग्रह गरेको छ ।

दिल्लीस्थित नेपाली दूतावासले उडिसाको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको र त्यस अनुसार नै शैक्षिक संस्थाले व्यवस्था गरेको जनाएको छ ।

राजदूत शंकर शर्माले शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरूसँग छलफल गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले नेपाली नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग पनि सम्पर्क गरिरहेको उल्लेख गरेको छ । इन्स्चिट्युटले पनि सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूले छात्रावासमै बस्न पाउने जनाएको हो ।

उक्त घटनामा प्रहरीले प्रकृतिलाई ह्यार्समेन्ट दिएका एडविक श्रीवास्तवलाई पक्राउ गरी अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पक्राउ परेका युवकविरूद्ध प्रकृतिले यसअघि पनि विश्वविद्यालय प्रशासनलाई उजुरी दिएकी थिइन् ।

यद्यपि विश्वविद्यालयले उजुरीमा कुनैपनि कारबाही प्रक्रिया अगाडि नबढाएको नेपाली विद्यार्र्थीहरूको गुनासो छ ।

भारतमा नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै नेपालमा पनि घटनाको विरोध प्रदर्शन गरिएको छ । नेपाली युवा विद्यार्थीहरू लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group