ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली छात्राको मृत्यु र ज्यादती प्रकरण : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ६ : ४६   बजे

काठमाडौं, फागुन ७ । भारतको ओडिसा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।

उक्त विश्वविद्यालयलाई उच्च निगरानीमा राखिएको जनाउँदै ओडिसा राज्य सरकारले उच्चस्तरीय तथ्य खोज समिति बनाउने निर्णय गरेको हो ।
उक्त समितिको निष्कर्षको आधारमा विश्वविद्यालय र नेपालीमाथि ज्यादतीमा संलग्नमाथि उचित कानुनी र प्रशासनिक कारबाही गरिने पनि राज्य सरकारले वक्तव्यमार्फत् उल्लेख गरेको छ।

उक्त उच्चस्तरीय समितिमा मुख्य सचिव, गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह(सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् ।
‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम चालिएको छ’, राज्य सरकारले भनेको छ ।

राज्य सरकारले बाहिरका व्यक्ति ल्याएर नेपाली विद्यार्थीमाथि कुटपिट प्रकरणबारेमा पनि जाँच भइरहेको जनाएको छ । यस प्रकरणमा विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई कानुन अनुसार जवाफदेही बनाउन लगाइने पनि उल्लेख गरेको छ।

ओडिसा सरकारले हरेक विद्यार्थीको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्ने कुरामा तलमाथि हुन नदिने पनि प्रतिबद्धता जनाएको छ । ‘ओडिसा सरकार यस प्रकरणमा न्याय चाँडो र निष्पक्ष रूपमा दिलाउन, कानुन र सामाजिक सुरक्षा निश्चित गर्नका लागि सबै आवश्यक कदम उठाउन तयार छ’, वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group