ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   २ : ०९   बजे

काठमाडौं ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।

२० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर ९करिब ५ अर्ब ४३ करोड रुपैयाँ० रोकिएको छ । प्रेस ब्रिफिङमा ट्रम्पले भने, ‘यो फ्रड हो ।’
ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
यसअघि एलन मस्कले नेतृत्व गरेको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ ९डज० ले अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द गरेको थियो । अहिले अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ ।

ट्रम्पले नेपालजस्तै भारत, मालदिभ्स, लाइबेरिया, माली, साउथ अफ्रिका लगायत देशलाई दिंदै आएको सहयोग पनि रोकेको जानकारी दिएका छन् ।

उनले भारतलाई निर्वाचन साक्षरताका लागि २१ मिलियन डलर दिँदै आएकोमा अब किन दिने रु भनेर प्रश्न गरेका छन् । ‘भारतसँग राम्रो सम्बन्ध छ । हालै प्रधानमन्त्री मोदीले भ्रमण गरेर फर्किनुभयो । तर हामीले भारतलाई किन पैसा दिने रु’ ट्रम्पले भनेका छन्, ‘ऊसँग धेरै पैसा छ ।’

ट्रम्पले मालदिभ्सको राजनीतिक सुव्यवस्थाका लागि २९ मिलियन डलर दिने गरेकोमा त्यसलाई पनि स्थगित गरिएको ट्रम्पले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group