ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको तराई–मधेश जागरण अभियान, यस्तो छ कार्यक्रम तालिका


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ७ : ५८   बजे

काठमाडौं ७ फागुन । नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान अन्तर्गत गर्ने कार्यक्रम र समय तय गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले कार्यक्रम र समय तय गरेर पार्टीका कमिटीहरूलाई परिपत्र गरेका छन् ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ दिइएको यो अभियानको उद्घाटन १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारमा हुनेछ । आगामी ७ चैतमा कञ्चनपुर पुगेर अभियानको समापन हुनेछ ।

समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।

जस अन्तर्गत झापामा फागुन १२ गते, मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते कार्यक्रम हुनेछन् ।

मधेश प्रदेश अन्तर्गत सप्तरीमा फागुन १६ गते, सिराहामा फागुन १७ गते, धनुषामा फागुन १८ गते र महोत्तरीमा फागुन १९ गते कार्यक्रम हुनेछ ।

सर्लाहीमा फागुन २१ गते, रौतहटमा फागुन २२ गते, बारामा फागुन २३ गते, पर्सामा फागुन २४ गते कार्यक्रम हुनेछन् ।

बागमती प्रदेश अन्तर्गत चितवनमा फागुन– २५ गते कार्यक्रम हुनेछ । गण्डकी प्रदेश अन्तर्गत नवलपुर नवलपरासी पूर्व मा फागुन २६ गते, लुम्बिनी प्रदेश अन्तर्गत परासी ९नवलपरासी पश्चिम० मा फागुन २७ गते, रुपन्देहीमा फागुन २८ गते अभियान अन्तर्गतका कार्यक्रम हुनेछन् ।

कपिलवस्तुमा चैत २ गते, दाङमा चैत ३ गते, बाँकेमा चैत ४ गते, बर्दियामा चैत ५ गते कार्यक्रम हुनेछ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा चैत ६ गते कार्यक्रम हुनेछ । चैत ७ गते कञ्चनपुरमा कार्यक्रम हुनेछ र तराई मधेश जागरण अभियान समापन गरिनेछ ।

अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट हुने परिपत्रमा उल्लेख छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरे बमोजिम हुने भनिएको छ ।

‘बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिनेछ’ परिपत्रमा उल्लेख छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोलीहरू रहनेछन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् ।

अभियान सञ्चालनका लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नेछ । स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभूषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नेछन् । अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् ।

यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने निर्णय गरेको थियो । त्यस अन्तर्गत पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।
कार्यक्रम तालिका :

कोशी प्रदेश

झापा– फागुन –१२ गते

मोरङ– फागुन १३ गते

सुनसरी– फागुन १५ गते

मधेश प्रदेश

सप्तरी– फागुन १६ गते

सिरहा– फागुन १७ गते

धनुषा– फागुन १८ गते

महोत्तरी– फागुन १९ गते

सर्लाही– फागुन २१ गते

रौतहट– फागुन २२ गते

बारा– फागुन २३ गते

पर्सा– फागुन २४ गते

बागमती प्रदेश

चितवन– फागुन २५ गते

गण्डकी प्रदेश

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी प्रदेश

परासी (नवलपरासी पश्चिम)– फागुन २७ गते

रुपन्देही– फागुन २८ गते

कपिलवस्तु– चैत २ गते

दाङ– चैत ३ गते

बाँके– चैत ४ गते

बर्दिया– चैत ५ गते

सुदूरपश्चिम प्रदेश

कैलाली–चैत ६ गते

कञ्चनपुर– चैत ७ गते

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu