ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केआईआईटीको होस्टेलबाट निकालिएका नेपाली विद्यार्थी फर्किन थाले, प्रकृतिको स्मृतिमा छात्रवृत्तिको घोषणा


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   २ : ३१   बजे

काठमाडौं ८ फागुन । भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू होस्टेलमा फर्कन थालेका छन् ।

छात्रावासमा बस्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि निकालिएका विद्याथीहरू फर्किन थालेका हुन् । साथी मृत भेटिएपछि निष्पक्ष अनुसन्धानको माग गर्दै नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यसपछि होस्टल प्रशासनले सबै नेपाली विद्यार्थीलाई निकालिदिएको थियो ।

सोमवार, मङ्गलवार र हिजो बुधवारसमेत भएको संवादपछि झन्डै दुई सय जना विद्यार्थी फर्किसकेका छन् । नेपाल फर्किएका विद्यार्थीहरूलाई पनि कलेज प्रशासनले आउनेजाने खर्च बेहोर्ने भन्दै कलेज फर्किन आह्वान गरेको छ ।

बीटेक पहिलो वर्षदेखि पीएचडीसम्म केआईआईटीमा १४ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । घटनाको छानबिनका लागि ओडिशा प्रहरीले तीन सदस्यीय समिति पनि बनाएको छ ।

यस्तै केआईआईटीले मृतक प्रकृति लम्सालको स्मरणमा नेपाली विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति दिने घोषणा पनि गरेको छ ।

यसैबीच ओडिशा राज्यका शिक्षामन्त्री सूर्यवंशी सुरजले केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताको प्रतिबद्धता गर्नुभएको छ । उहाँले सूचना निकालेर नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चितताका लागि चौबीस घण्टे सहायता कक्ष राखेको जानकारी दिँदै कुनै पनि सहायता आवश्यकता परेमा सहयोग लिनसक्ने जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group