ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र चलायमान भएको संकेत, १० प्रतिशतले बढ्यो आयात


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   २ : ३८   बजे

काठमाडौं ८ फागुन । आयात र निर्यातमा भएको वृद्धिले पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान भइरहेको देखाएको छ।

चालू आर्थिक वर्षको सात महिनामा १० प्रतिशतले आयात र साढे ४६ प्रतिशतले निर्यात बढेको हो। दसैँसम्म ऋणात्मक रहेको आयात अहिले ह्वात्तै बढेको हो।

साउनदेखि माघसम्म नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँबराबरको आयात गरेको छ। गत वर्ष यही अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजारको आयात भएको थियो।

त्यसैगरी ७ महिनामा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजारको निर्यात भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यात ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँको थियो।

७ महिनामा कुल ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजारको वैदेशिक व्यापार भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३।३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष नेपालले ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजारको व्यापार गरेको थियो।

व्यापार बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा समेत बढेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यो अवधिमा नेपालको व्यापारघाटा ६।२० प्रतिशतले बढेको हो।

७ महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजारको व्यापारघाटा भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा थियो।

उक्त अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ११।४० प्रतिशत र आयातको हिस्सा ८८।६० प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu