ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्दैनन् – गृहमन्त्री लेखक


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ९ : २१   बजे

काठमाडौं ८ फागुन । गृहमन्त्री एवं नेपाली कांग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन्।
बिहीबार पार्टीनिकट नेपाल वित्तीय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन अध्यादेशले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ। उनले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएता पनि प्रक्रियाकै कारण अहिलेसम्म संसद्‌बाट स्वीकृत गर्न नसकिएको बताए। उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत हुने दाबी गरे।

‘आइटी क्षेत्रले अहिलेको नयाँ जेनरेसनलाई आकर्षित गरिरहेको छ। नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ। त्यो सम्भावनालाई झन ज्यादा बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौं, उनले भनिन्, व्यवसायिक वातावरणलाई अनुकुल बनाउनका लागि र सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौं। अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको जस्तो मैले देख्दिन। तर प्रक्रियाकै कुरा गरेर हामीले त्यसलाई अहिलेसम्म स्वीकृत गर्न सकेका छैनौं। तर हामी त्यसलाई स्विकृत गराउँछौं चाँडै। किनभने त्यो गर्नैपर्ने काम छ।’

उनले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरूबीच सहमति खोजिने बताए। संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने उनको भनाइ छ।

‘संविधान लागू भएको १० वर्ष भएको छ। यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरू के के रहेरु त्यसको परिहचान गर्ने र संविधान परिमार्नन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरूबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ, उनले भने, त्यसका लागि नेपाली कांग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ। केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ। नेपाली कांग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन। हामी प्रारम्भ गर्छौं र सअन्य सबै राजनीतिक दलहरूलाई समेत यसमा संवादकोमार्फत सहमतिमा ल्याउँछौं। र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu