ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोलाप्रथाबाट विद्यार्थी भर्ना रोक्न सर्वोच्चमा रिट, न्यायाधीश सुवेदीको इजलासमा पेसी


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   १२ : ३९   बजे

काठमाडौं ९ फागुन । ललितपुरका सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्न थालेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। योग्यता प्रणालीका आधारमा भर्ना लिनुपर्ने माग रिट निवेदनमा गरिएको छ।

अधिवक्ता सुजाता केसीले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ हुँदै छ। उक्त रिट प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ।

रिटमा सेन्ट जेभियर्स, सेन्ट मेरिज, ललितपुर महानगरपालिका, महानगरको शिक्षा शाखा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश र शिक्षा तथा खेलकुद मन्त्रालयलाई रिटमा विपक्षी बनाइएको छ।

भर्ना हुन चाहने विद्यार्थीको चाप उच्च भएको रहेका यी स्कुलमा विभिन्न शक्तिशाली व्यक्तिको भनसुनमा मात्र भर्ना पाउने गरेको भनेर पनि आलोचना भएको थियो। साथै, भर्खर विद्यालय पुगेका बालबालिकाको परीक्षा लिएर पास र फेल गराउँदा त्यसले मनोवैज्ञानिक असर पर्न सक्ने भनेर पनि प्रवेश परीक्षाको विरोध भएको थियो।

तर, रिटमा सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी गरिएको छ। यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने माग गरिएको छ।

‘।।।आगामी शैक्षिक सत्रको कक्षा १ को भर्ना प्रक्रियामा मेरिटोक्रेसीमा आधारित प्रचलित समावेशिताको सिद्धान्तको भावनाअनुकूल विद्यार्थीहरूको भर्ना गर्नू, गराउनू। यदि भर्ना प्रक्रियाको लागि गोलाप्रथासँग सम्बन्धित काम कारबाही भएको भए उपयुक्त आदेशबाट बदर गरी आगामी शैक्षिक सत्रको कक्षा १ को मेरिटोक्रेसीमा आधारित प्रक्रिया अवलम्बन गरी भर्ना गर्नू, गराउनू भनी प्रत्यर्थीको नाममा परमादेशको आदेशसमेत जारी गरिपाऊँ,’ रिटमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu