ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   १२ : ४८   बजे

काठमाडौं ९ फागुन । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।

बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक९इन्स्पेक्टर० सागर पौडेलका अनुसार प्रहरीले बिहीबार गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । यस अगाडि गएको माघ २० गते कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले २३ गते सहकारीको बेनी नगरपालिका–८ मा मा रहेको कार्यालयलाई सिल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २० माघमा कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापा, रघुगङ्गा गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थामबहादुर गर्बुजा, पर्वत लेख फाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नचौरकी ४९ वर्षीय देवीकुमारी थापालाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत म्याग्दीबाट पहिलो पटक माघ २० गते तीन दिन र दोस्रो पटक माघ २३ गते पाँच दिनको म्याद थपेको प्रहरीले २७ गते तेस्रो पटक सात र चौथो पटक पनि सात दिनकै म्याद अदालतबाट थप गराएर अनुसन्धान गरिरहेको छ । बिहीबार गिरफ्तार गरिएका लोकबहादुर पुनलाई पनि माघ २० मा गिरफ्तार गरिएकै मिति अनुसार अनुसन्धान गर्दै म्याद सदर हुने गरी अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

सहकारी रजिष्टार कार्यालय पोखराको चलानी नं। ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा नै अनुसन्धान भइरहेको र सोही प्रयोजनका लागि सहकारीका सञ्चालक तथा व्यवस्थापक एवम् अरूहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसुरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले पीडितहरूबाट माग गरेअनुसार निवेदनहरू आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरूले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरिएको उहाँको भनाइ छ ।

बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले सहकारी पीडितहरूले निवेदन दर्ताका लागि जाँदा लेखापढी गर्नेहरूले पीडितलाई ठगेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो–‘एउटा पानामा अलिकति शब्द लेखिएका छन् तर हजार हजार लिएको छ ।’ सहकारीमै पैसा फिर्ता हुने नहुने टुङ्गो छैन त्यसमाथि पनि गाउँबाट बजार आउने भाडा, निवेदन लेख्ने वकिलले पनि त्यसैलाई मौका ठानेर रकम असुल्दा जनता मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group