ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजिक सञ्जालको विधेयक मस्यौदा माओवादीसँग मिलेरै बनाएको हो : प्रधानमन्त्री


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   ५ : १२   बजे

काठमाडौं ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् ।

काठमाडौंमा जारी एक कार्यक्रममा उनले उक्त विधेयकको मस्यौदा माओवादीसँगै बसेर तयार पारिएको बताएका हुन् ।

‘केही मान्छेले आफैंले हिजो मस्यौदा गरेका हुन्, कानुन । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरु छन् । खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौं,’ उनले भने ।

अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए । ‘टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायती निस्किएका छन् फेरि । बोल्न पाउनुपर्छ भनेर जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिएका छन् । त्यतिबेला किन प्रतिबन्ध लगाएको रु’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताए । ‘जे पनि होइन, ठिक कुरा बोल्नुपर्छ । ठिक कुरा गर्ने अभ्यास बोल्नुपर्छ । देशको विरुद्ध बोल्ने, शान्ति सुरक्षा, अमनचयन खल्बल्याउन खोज्ने रु’ उनले भने, ‘जथाभावी बोल्ने प्रवृत्ति बढेका छन् । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन ।’

उनले अगाडि भने, ‘हामी त बोल्न नपाइने समाजबाछट आएका हौं नि १ बोल्न नपाएकाविरुद्ध लडेर आएका हौं । त्यसकारण कसैको पनि अधिकार मिच्न पाइँदैन । हामीले बनाउने कुनै कानुनले कुनैको अधिकार मिचिँदैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu