ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूको आक्रोश, बेरुजुकै कारण गाउँ-गाउँसम्म अनियमितता र भ्रष्टाचार भयो


एबीसी न्यूज
९ फाल्गुन २०८१, शुक्रबार   ५ : ४७   बजे

काठमाडौं ९ फागुन । बेरुजु हटाउन संसदको भूमिका महत्वपूर्ण हुने सांसदहरूले बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित महालेखापरीक्षको वार्षिक प्रतिवेदन र संसदको भूमिका कार्यक्रममा सांसदहरुले यस्तो बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले प्रतिवेदनको आधारमा पारदर्शिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य पार्न सांसदहरुले भूमिका खेल्नुपर्ने बताइन्। उनले प्रतिवेदनको छलफल लेखा समितिमा मात्रै नभइ संसदमा गर्नुपर्ने सुझाव दिइन्।

‘यदि साँच्चिकै प्रभावकारी रुपमा महालेखपरीक्षकले कार्यहरु कार्यान्वयन गर्नका लागि सहज गर्ने हो भने संसदमा सांसदहरुसँग छलफलमा ल्याउनुपर्थ्यो। तर अहिलेसम्म ल्याउन सकेको छैन,’ उनले भनिन्, ‘प्रतिवेदनको आधारमा पारदर्शिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न सरकारलाई बाध्य बनाउन पनि अब सांसदहरुले नै भूमिका खेल्नसक्छ। सार्वजनिक लेखा परीक्षक समितिमा मात्रै नभइ फुल हाउसमै यसको छलफल गर्यो भने अझ सरकारलाई बाध्यकारी बनाउन सकिन्छ कि भन्ने मेरो सुझाव हो।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद रामप्रकाश चौधरीले बेरुजु भन्ने बित्तिकै नराम्रो सोच्ने गरेपनि त्यस्तो नरहेको बताए। उनले तीन किसिमबाट बेरुजु हुने भन्दै कागजात नमिलेर पनि बेरुजु हुनसक्ने जिकिर गरे। संवैधानिक निकाय, मन्त्रालय, संघ, प्रदेशलगायत सबैको महालेखापरीक्षकको प्रतिवेदन राम्रै आएको उनको भनाइ छ।

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले हालसम्म बेरुजु असुली गर्न कति बाँकी छन् र कहिलेसम्म असुली गर्नुपर्ने होरु भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘बेरुजु असुली गर्ने कुरा छ, हुन त प्रतिवेदनमा हुनसक्छ, यो कति समय भित्रमा असुली गर्नुपर्ने होरु नगरेपछि के व्यवस्था छ ऐन कानून र नियमावलीमा पनि होलान्। कतिसम्म बाँकी छन् यस्ता पुराना असुली गर्नुपर्ने कुराहरुरु भन्ने जिज्ञासा राख्न चाहन्छु।’

जनता समाजवादी पार्टीकी सांसद सुशिला श्रेष्ठले कामको जिम्मा लिएर काम शुरु गर्ने तर निर्माणका काम अलपत्र पारेर ठेकेदारहरु भाग्ने गरेकाले समस्या देखिएको बताए। उनले तलसम्म पुगेको भ्रष्टाचार सुधार्न मेहनत गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘काम नगरेर ठेकेदारहरु भाग्ने स्थिति पनि मैले देखेको छु गाउँघरमा। त्यसकारण विकास साझेदारहरु, ठेकेदारहरु नै भागेर गैसकेपछि लोमा बिडिङ गर्ने र काम गर्न नसक्ने भएपछि यो कसरी अगाडि हुन्छ । अर्को कुरा भ्रष्टाचारको कुरा तल तलसम्म पुगेको छ त्यसलाई नियतले सुधार्नका लागि पनि अलिकति हामीले वर्कआउट गर्नुपर्छ भन्ने मलाई लाग्छ। बजेट अहिले बन्दैछ बजेट बन्ने बेलामा हाम्रो सदनमा धेरै छलफल हुन्छ तर केही पनि सुधार हुँदैन, महिनौँ दिन बजेटमा छलफल किन गर्नेरु’

राष्ट्रिय सभा सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुले गाउँ—गाउँसम्म अनियमिता र भ्रष्टाचार हुने गरेको प्रति सबै निकायको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group